
लुम्बिनी। बिहीबार देखि बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सो सम्मेलनलाई उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज साँझ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा भाग लिन १९ देशका गैरआवसायीय राजदूतहरू लुम्बिनी पुगिसकेका छन् । सम्मेलनमा अस्ट्रेलिया, बुल्गेरिया, क्रेच रिपब्लिका, इस्टोनिया, इन्डोनेसिया, मोरिसस, मङ्गोलिया, सर्बिया, तान्जानिया, स्लोभिनिया, आयरल्यान्ड, साइप्रस, कोस्टारिका, लाटभिया, स्पेन, डोमिनीकन रिपब्लिका, रोमानिया, सेचेलेस र पोल्यान्डका गैरअवसायीय राजदूतहरू त्यहाँ पुगिसकेका छन् ।
दुई दिनसम्म चल्ने सो सम्मेलन परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्य दूतहरुको संस्था अन्तर कन्सुलर कर्पस नेपाल (एचसीसीएन) को संयुक्त आयोजनामा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...