
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् ।
विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका हुन् ।
उक्त बैठकमा मन्त्रालयको सचिव उदयराज सापकोटाले पनि १८ वर्ष पुगेका मानिसलाई छुट्टै कारागारमा राख्ने व्यवस्था कानुनमा नभएको भन्दै त्यसको लागि कानून नै संशोधन गर्नुपर्ने बताए ।
कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको भन्दै यसको लागि छलफल भएर एउटा ड्राफ्ट पनि तयार भईसकेको उनको भनाई छ ।
उनले भने, ‘१८ वर्ष माथिका लागू औषध र बलात्कारको घटनामा संलग्न भएको हुनाले सुधार गृहमा त्रासको अवस्था पनि बनेको छ र कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको छ ।
त्यसको लागि १८ वर्ष पुगेका मानिसलाई छुट्टै अर्को कारागारमा राख्ने कुरामा छलफल भएर एउटा ड्राफ्ट तयार भईसकेको छ ।
बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा छलफल भएको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...