
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । कार्की पूर्वप्रदेशसभा सदस्य हुन् ।
प्रदेश मन्त्रिपरिषद्ले बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गरेको छ । यसअघि उपाध्यक्ष रहेकी जीना कार्की अमेरिका गएपछि पद रिक्त थियो ।
बैठकले प्रदेशसभाका दुईजना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौट सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले बताए ।
सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डीपी पोर्टल’ प्रयोगमा ल्याउने निर्णय समेत भएको उनले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...