
काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ को संकटको समयमा सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै नेपाली कांग्रेसले त्यसको ध्यानाकर्षण गराउन आगामी असार २ गते सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
सरकार भ्रष्टाचारमा डुवेर आफ्नो असक्षमता र गैर जिम्मेवारी देखाएर पूर्णअसफल भएको भन्दै कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित राजदुतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पोडेलले जनाएका छन् ।
कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको हो ।
नेपाली कांग्रेसले कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा महामारीको जोखिम अप्रत्याशित रुपमा तिव्र गतिमा बढ्दै जाने सम्भावना देखिएकोमा चिन्ता व्यक्त गरेको छ । लक डाउन भएको ८० औं दिनसम्म पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।
विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र भयावह स्थितिमा सरकार उदासिन र असंवेदनशील रहनु, भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई स्वदेश फर्कने वातावरण बनाउन नसकेर सरकार असफल भएको कांग्रेसले दावी गरेको छ ।
कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा पार्टीले जेठ २६ गतेको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेता रामचन्द्र पौडेलले जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेका छन् । ज्ञापन पत्र कांग्रेस संघीय संसद, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष, कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्री मार्फत् प्रधानमन्त्री समक्ष, कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष र विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाईने भएको छ ।
काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...