पहिलो पटक नेपालबाट मिस युनिभर्समा नग्मा – Naya Bikalpa
April 20, 2024, Saturday

पहिलो पटक नेपालबाट मिस युनिभर्समा नग्मा

काठमाडौं । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी नग्मा श्रेष्ठ ६६ औ मिस युनिभर्समा भाग लिन २० कात्तिकमा अमेरिका गएकी छिन् । द हिडेन ट्रेजरले मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा गत महिना लाईलाई मिस नेपाल युनिभर्समा चयन गरेको थियो ।

त्यसपछिबाट आफुले मिस युनिभर्सको लागि तयारी सुरु गरेर यतीबेला सम्पन्न गरेको पनि नग्माले अमेरिका उड्नु अघि जानकारी गराईन् । अमेरिका जानु अघि नग्माले सो प्रतियोगितामा भाग लिन आफुले सम्पूर्ण तयारी पुरा गरेको बुधबार काठमाडौंमा पत्रकार भेटघाट माझ बताएकी थिईन् ।

बुधबार उनले पत्रकार भेटघाटका क्रममा आफुले मिस युनिभर्समा प्रस्तुत गर्ने विभिन्न डिजाइन समेत प्रस्तुत गरिन् । ६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउँदो २६ नोभेम्बरमा हुनेछ । जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै गएकी छिन् ।

सो सहभागिता बारे उनले अमेरिका जानु अघि भनिन्,‘पहिलो पटक मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्वगर्दै जान पाउँदा खुसिसँगै जिम्मेवारी पनि बढेको छ । यसको तयारीमा मैले केहि कसर बाकि राखेकी छैन र मलाई जिताउन अनलाईन भोट दिन म देश बिदेशमा रहनु भएका नेपालीहरुलाई अनुरोध गर्छु ।’

नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्ने बताईन् । आफु मिस युनिभर्समा अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिने पनि उनले जानकारी गराईन् । त्यहाँ आफुले तीन किलो तौलको नेपाल मण्डल शिरमा लगाएर मञ्चमा उत्रने पनि उनले बताईन् ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ कार्तिक २३, ०९: ५०

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ कार्तिक २३, ०९: ५०

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ कार्तिक २३, ०९: ५०

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...