काठमाडौं । पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी नग्मा श्रेष्ठ ६६ औ मिस युनिभर्समा भाग लिन २० कात्तिकमा अमेरिका गएकी छिन् । द हिडेन ट्रेजरले मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा गत महिना लाईलाई मिस नेपाल युनिभर्समा चयन गरेको थियो ।
त्यसपछिबाट आफुले मिस युनिभर्सको लागि तयारी सुरु गरेर यतीबेला सम्पन्न गरेको पनि नग्माले अमेरिका उड्नु अघि जानकारी गराईन् । अमेरिका जानु अघि नग्माले सो प्रतियोगितामा भाग लिन आफुले सम्पूर्ण तयारी पुरा गरेको बुधबार काठमाडौंमा पत्रकार भेटघाट माझ बताएकी थिईन् ।
बुधबार उनले पत्रकार भेटघाटका क्रममा आफुले मिस युनिभर्समा प्रस्तुत गर्ने विभिन्न डिजाइन समेत प्रस्तुत गरिन् । ६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउँदो २६ नोभेम्बरमा हुनेछ । जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै गएकी छिन् ।
सो सहभागिता बारे उनले अमेरिका जानु अघि भनिन्,‘पहिलो पटक मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्वगर्दै जान पाउँदा खुसिसँगै जिम्मेवारी पनि बढेको छ । यसको तयारीमा मैले केहि कसर बाकि राखेकी छैन र मलाई जिताउन अनलाईन भोट दिन म देश बिदेशमा रहनु भएका नेपालीहरुलाई अनुरोध गर्छु ।’
नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्ने बताईन् । आफु मिस युनिभर्समा अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिने पनि उनले जानकारी गराईन् । त्यहाँ आफुले तीन किलो तौलको नेपाल मण्डल शिरमा लगाएर मञ्चमा उत्रने पनि उनले बताईन् ।
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...
काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका...