
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार अकर्मण्य,गैह्रजिम्मेवार र भ्रष्ट भएको भन्दै त्यसकाविरुद्ध मंगलबार राजधानी काठमाडौसहित देशका ७७ वटै जिल्ला, मुख्य मन्त्री, प्रधानमन्त्री र विदेशस्थित दुतावास र नियोग गरी एक सय २० स्थानबाट सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
कोरोना महामारीको प्रतिकुल परिस्थितिमा पनि उत्साहपूर्वक कांग्रेसले कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रह प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको पार्टीले जनाएको छ ।
संघीय संसद, संसदीय दलको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष, कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञतीमा जनाइएको छ ।
पार्टीका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत्,
विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत्,
कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाइएको थियो ।
कांग्रेसले प्रधानमन्त्रीलाई प्रत्यक्ष र सरकारी निकायमार्फत पेश गरेको विशेष ज्ञापन पत्रमा
आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाइनु पर्ने,
अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गरिनुपर्ने,
क्वारेन्टाइनमा मृत्युदेखि बलात्कारसम्मको घटनाका दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनु पर्ने उल्लेख गरिएको छ ।
श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका ब्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गर्न,
बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्दा अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिनु लिएर निःशुल्क उद्वार गर्नुपर्ने,
स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही गर्नु पर्ने माग कांग्रेसले गरेको छ ।
लकडाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली बिद्यार्थी मानसिक तनावमा रहेकाले उनीहरिुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथासिघ्र ल्याउन, ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गर्न माग गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...