काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनु पर्ने बताएका छन् ।

नेता पौडेलले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसन सहितको नेतृत्वका आधारमा संचालन गनु पर्ने बताए ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुँजीवादीहरु जनताप्रतिको दायित्व राज्यसंग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताए ।
विश्वभरका पुँजीवादी र साम्यावादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावाद तर्फ उन्मुख भएको जनाउँदै पौडेलले पुँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद जनता प्रतिको दायित्प पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए ।
पौडेलले साम्यवादीहरु पनि अहिले वजारीकरण र उपभोक्तावाद तर्फ लागेको भन्दै पूँजीवादी मुलुकहरु व्यक्ती पूँजीवादी बन्ने तर साम्यवादीहरु राज्य पूँजीवादी बन्ने बाटोमा लागेको दाबी गरे ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...