
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रधुम्न कार्की र निरजबहादुर शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजीमा) मा बढुवाको लागि सिफारिस गरेको छ ।
प्रहरी नियमावली, २०७१ परिच्छेद–४ अनुसार गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य–सचिव रहेको बढुवा समितिको बुधबारको बैठकले बरिष्ठताको आधारमा कार्की र शाहीलाई एआइजीमा बढुवाको लागि सिफारीस गरेको हो ।
बढुवा सिफारिसमा परेका कार्की र शाही हालका आईजीपी शैलेश थापा क्षेत्री तथा एआईजी हरिवहादुर पालकै ब्याचि हुन ।
शाही हाल नेपाल प्रहरीको प्रवक्ता तथा कार्की प्रहरी प्रधान कार्यालय विषेश ब्युरोको प्रमुखमा कार्यरत छन् । दुवै प्रहरी अधिकारी कार्यदक्षतामा अब्बल तथा ब्यावसायीक प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।
असार २४ मा एआइजी शैलेस थापा क्षेत्री आईजीपीमा नियुक्त भएका थिए भने तारिणी प्रसाद लम्साल ३० बर्षे सेवा अवधिका कारण अवकाश भएपछि नेपाल प्रहरीमा दुइ एआइजी पद रिक्त थियो ।
प्रहरीमा साधारणतर्फ ३ जना एआईजी र प्राविधिकतर्फ १ जनाको दरबन्दी छ । रिक्त २ एआईजीका लागि ३ जना डीआईजी नीरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल एआईजीका प्रतिस्पर्धामा थिए ।
शाही र कार्कीभन्दा पोखरेलभन्दा झण्डै एक वर्षपछि मात्र डीआईजीमा बढुवा भएका थिए । कार्की र शाही २०४९ वैशाखमा प्रहरी निरीक्षक पदमा भर्ना भएका थिए ।
गत साता मात्र आईजीपीमा नियुक्त भएका शैलेश थापा व्यावसायिक प्रहरी अधिकारीको रूपमा चिनिँदै आएका छन् । यसपटकको एआइजी बढुवा उनको लागि पहिलो अग्नी परिक्षाको रुपमा हेरिएको थियो ।
यो अग्नी परिक्षामा आइजीपी थापा सफल भएका छन । शक्तिकेन्द्रको दवाबमा प्रहरी भित्र हुने अस्वस्थ्य प्रतिस्पर्धा यसपटक भने देखिएन ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...