चिनीको कालो बजारीलाई नियन्त्रणमा लिन उद्योग मन्त्रीलाई ध्यानाकर्षण पत्र – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

चिनीको कालो बजारीलाई नियन्त्रणमा लिन उद्योग मन्त्रीलाई ध्यानाकर्षण पत्र

 

काठमाडौं । चिनीको मुल्यमा स्थिरता कायम, कालो बजारीलाई नियन्त्रणमा लिई आपूर्तिमा सहज तथा व्यवस्थापन गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ ।

चिनी उत्पादनमा आत्म–निर्भर हुँदै निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहँदा समेत राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धानेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रास्वापाको उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा गएको टोलीले गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुकेकोले चुहावटमा समेत कडाई गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सरकार पछिल्लो समयमा व्यवस्थापनमा चुक्दा दशैं र तिहारको २२० रुपैयाँ सम्म प्रतिकेजी चिनिको मूल्य परेको जनाइएको छ । अभावको समयमा कालोबजारी र चोरी आयातले बाटो पाउँदा भन्सार कर प्राप्तिबाट पनि बञ्चित हुनु परेको तथ्य मन्त्री भण्डारीलाई रास्वपाले देखाएको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २५, १६: ००

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २५, १६: ००

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २५, १६: ००

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...