
काठमाडौं । चिनीको मुल्यमा स्थिरता कायम, कालो बजारीलाई नियन्त्रणमा लिई आपूर्तिमा सहज तथा व्यवस्थापन गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ ।
चिनी उत्पादनमा आत्म–निर्भर हुँदै निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहँदा समेत राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धानेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
रास्वापाको उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा गएको टोलीले गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुकेकोले चुहावटमा समेत कडाई गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सरकार पछिल्लो समयमा व्यवस्थापनमा चुक्दा दशैं र तिहारको २२० रुपैयाँ सम्म प्रतिकेजी चिनिको मूल्य परेको जनाइएको छ । अभावको समयमा कालोबजारी र चोरी आयातले बाटो पाउँदा भन्सार कर प्राप्तिबाट पनि बञ्चित हुनु परेको तथ्य मन्त्री भण्डारीलाई रास्वपाले देखाएको छ ।
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...