काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको सो मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाएको छ। महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते बुधबारदेखि ३० गते आइतबारसम्म संचालन भएको थियो।
मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ रहेको छ ।
२५२ वटा स्वदेशी तथा विदेश घरेलु उत्पादनका स्टलहरु रहेको प्रदर्शनीमा मौरी व्यवसायीहरुले मात्र ३० वटा स्टल राखेका थिए।
चितवन, कैलाली, वाँके, सुर्खेत, दाङ, कपिलबस्तु, नवलपरासी पूर्व र नवलपरासी पश्चिम, काश्की, मोरङ, रौतहट, सर्लाही, झापा, काठमाडौं, भक्तपुर र ललितपुरबाट मौरीपालक कृषकहरुले आफ्नो उत्पादन विक्री तथा प्रदर्शन गरेको मिलिजुली मौरीपालन सहकारी चितवनका सचिव रबी अधिकारीले बताए।
केन्द्रीय मौरी पालन सहकारी महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले प्रदर्शनीमा पाँचौ राष्ट्रिय मह मेला पनि सञ्चालन भएकाले मौरीपालका कृषकहरुलाई पेशामा लाग्न उत्साह र प्रेरणा मिलेको बताए।
पाँच दिनसम्म संचालन भएको प्रदर्शनीमा दुई लाख जनाले अवलोकन गरेको र करिव आठ करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ।
एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रत्येक वर्ष राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको छ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता थियो।
मेलामा काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरू, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरू, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिएको थियो।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...