
पोखरा। गण्डकी प्रदेशमा राइड सेयरिङको अवधारणा आएपछि स्थानीय यातायात व्यवसायीले आजदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प गर्ने चेतावनी दिएका छन्।
दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई एपमा आधारित राइड सेयरिङको अवधारणामा समेट्न खोजेको भन्दै सो को विरोधमा ज्ञापनपत्रसमेत बुझाइएको छ।
यसैबीच राइड शेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन्।
पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन्। आन्दोलनरत पक्षले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन्।
यातायात क्षेत्रमा एकाधिकार कायम गर्दै आएका यातायात व्यवसायीहरुको संघ संगठनको सहयोगमा यातायात व्यवसायीहरुले यातायातको क्षेत्रमा सेवामा हुने प्रतिष्पर्धालाई नियन्त्रण गरी आफ्नो दादागिरी र मनोमानीलाई निरन्तरता दिएका छन्।
स्वतन्त्र ढंगले यातायात संचालन गर्न पाउने नागरिकको अधिकारबिरुद्ध अघोषित सिण्डकेट लागू गरेका यातायात व्यवसायीको कानून हातमा लिने क्रियाकलापलाई प्रहरी र प्रशासनले समेत संरक्षण गरेको सेयर राइडिङ सेवा प्रदायकहरुको दाबी छ।
वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...
काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...