पोखरामा पठाओ र इन ड्राईभिङको विरोधमा यातायात व्यवसायीको दादागिरीः प्रशासन मुकदर्शक – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

पोखरामा पठाओ र इन ड्राईभिङको विरोधमा यातायात व्यवसायीको दादागिरीः प्रशासन मुकदर्शक

पोखरा। गण्डकी प्रदेशमा राइड सेयरिङको अवधारणा आएपछि स्थानीय यातायात व्यवसायीले आजदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प गर्ने चेतावनी दिएका छन्।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी सवारी साधनलाई एपमा आधारित राइड सेयरिङको अवधारणामा समेट्न खोजेको भन्दै सो को विरोधमा ज्ञापनपत्रसमेत बुझाइएको छ।

यसैबीच राइड शेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन्।

पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन्। आन्दोलनरत पक्षले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन्।

यातायात क्षेत्रमा एकाधिकार कायम गर्दै आएका यातायात व्यवसायीहरुको संघ संगठनको सहयोगमा यातायात व्यवसायीहरुले यातायातको क्षेत्रमा सेवामा हुने प्रतिष्पर्धालाई नियन्त्रण गरी आफ्नो दादागिरी र मनोमानीलाई निरन्तरता दिएका छन्।

स्वतन्त्र ढंगले यातायात संचालन गर्न पाउने नागरिकको अधिकारबिरुद्ध अघोषित सिण्डकेट लागू गरेका यातायात व्यवसायीको कानून हातमा लिने क्रियाकलापलाई प्रहरी र प्रशासनले समेत संरक्षण गरेको सेयर राइडिङ सेवा प्रदायकहरुको दाबी छ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ श्रावण १३, १३: ५३

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ श्रावण १३, १३: ५३

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ श्रावण १३, १३: ५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...