‘कार्साङ’को छायाँकन २२ दिनमा सम्पन्न – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘कार्साङ’को छायाँकन २२ दिनमा सम्पन्न

काठमाडौं : फिल्म ‘कार्साङ’को छायाँकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको फिल्मको छायाँकन २२ दिन लगाएर पूरा भएको हो ।

फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायाँकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायाँकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौं, सोचेजस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौं ।’

कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

फिल्मका मुख्य कलाकारहरुको केही दिनअघि फिल्मको छायाँकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । जसमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । उक्त तस्बिरमा उनीहरुलाई रैथाने चरित्रमा चित्रण गरिएको थियो ।

दयाहाङ र सिर्जनाले फिल्ममा जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ । बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन् ।

यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन् । फिल्ममा उनकै डिओपी रहेको छ । फिल्मका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् ।

‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ भाद्र ४, ११: ४०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ भाद्र ४, ११: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ भाद्र ४, ११: ४०

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...