पत्रकारलाई पेशाबाट निकालिएकोमा कांग्रेसको आपत्ति – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

पत्रकारलाई पेशाबाट निकालिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसंग छलफल गरेको छ ।

छलफलमा कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले पत्रकारलाई पेशाबाट निकालिएकोप्रति पार्टीको गम्भीर आपत्ति रहेको भन्दै जनताको पिर मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्य सदैब लागिरहेका पत्रकारको समस्या समग्र देशको समस्या भएको बताए ।

उनले पत्रकारको पेशागत सुनिश्चितताका लागि सरकार तथा सम्बन्धीत संचारगृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिए । पत्रकार महासंघको साथमा कांग्रेस सधै रहेको र रहिरहने विश्वास दिलाउदै उनले अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुईहजार भन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको तथा सात सयभन्दा बढि सञ्चारमाध्यम बन्द भएको बताए । उनले महामारीको कारण देखाउदै नाफामा रहेका सञ्चार गृहले समेत पत्रकारलाई रोजगारबाट निकालेको र त्यसबिरुद्ध महासंघले कडा आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

महासंघका पूर्वसभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाट नै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै विस्थापित पत्रकार तथा सञ्चारगृहलाई संरक्षण गर्न सरकारको कुनै चासो नदेखाएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् कोरोना अनुगमन समितिका सदस्य डा. चन्द्र भण्डारी, एनपी साउद, योगेन्द्र चौधरी लगायतले कोरोना विपदको घडीमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निश्काशन गर्नु अत्यन्तै अमानविय घटना भएको बताए ।

अर्की सदस्य डा.माधवी भट्टले सरकारले आफुमाथि बिरोध बन्द गर्ने मनसायका कारण पत्रकारका समस्याप्रति सरकार मौन रहेको बताइन ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेशा जस्तो देखिएको भएतापनि कोरोनाका कारण पेशामा गम्भीर संकट देखिएको बताए ।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले पत्रकारका कारण संचार संचालकहरु विगतमा ठुलो धन राशि जोड्न सफल भएको भन्दै कोरोनाको बाहानामा पत्रकारलाई पेशाबाट निश्काशन गर्नु अत्यन्तै दुखत रहेको बताए ।

महासंघ, उपत्यका समितिका महासचिव श्रीजन झाले कोरोना भाइरसको महामारीका कारण पत्रकारहरु चौतर्फी मारमा परेकोले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले कोरोनाको बाहानामा विभिन्न संचारगृहबाट दश जना भन्दा बढि पत्रकारलाई जागिरबाट निश्काशन गरिएको र पत्रकारको हितमा लड्दा आफुलाई समेत उपत्यका बाहिर सरुवा गरिएको बताए ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ श्रावण ६, १७: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ श्रावण ६, १७: ३२

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ श्रावण ६, १७: ३२

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...