
काठमाडौं। हलिवुडकी चर्चित अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन्।
लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ।
लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ।
२०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो।
यस अघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए। तर त्यसको २० बर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए।
अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्ध गरेकी छन्।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...