उदयपुरको चौदण्डीगढीमा ट्याक्टर दुर्घटनामा चालक राईको मृत्यु – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

उदयपुरको चौदण्डीगढीमा ट्याक्टर दुर्घटनामा चालक राईको मृत्यु

बेलटार (उदयपुर)। उदयपुरको चौदण्डीगढी नगरपालिका –३ हात्तिसारमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको निधन भएको छ।

इटहरीबाट निर्माण सामाग्री लिएर उदयपुरको बेलका नगरपालिका–२ भागलपुर तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा दुर्घटना हुँदा चालक तिलक राईको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी सो ट्याक्टरमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइते दुई जनालाई उपचारका लागि चौदण्डीगढी नगर अस्पतालमा भर्ना गरिएको छ।

ट्याक्टर दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन्।

 

सम्बन्धित समाचार

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ भाद्र ५, १८: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ भाद्र ५, १८: २७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०८१ भाद्र ५, १८: २७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...