
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वघोषित कार्यक्रम अनुसार मंगलबा ३८ औ वीपी स्मृति दिवसको अवसरमा देशभर बृक्षारोपण, रक्तदान, कोरोना संक्रमित तथा दैवी विपत्तिमा परेकालाई सहयोग र राहत वितरण कार्य गरेको छ ।
बीपी स्मृतिको अवसरमा मंगलबार नेपाल तरुण दल केन्द्रिय समितिले ललितपुरको महालक्ष्मीस्थानमा रहेको बाल आश्रममा फलफुल, मास्क, स्यानीटाईजर, साबुनसहितका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थितिमा नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रवि थापाको सहयोगमा सो कार्यक्रम गरिएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...