
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वघोषित कार्यक्रम अनुसार मंगलबा ३८ औ वीपी स्मृति दिवसको अवसरमा देशभर बृक्षारोपण, रक्तदान, कोरोना संक्रमित तथा दैवी विपत्तिमा परेकालाई सहयोग र राहत वितरण कार्य गरेको छ ।
बीपी स्मृतिको अवसरमा मंगलबार नेपाल तरुण दल केन्द्रिय समितिले ललितपुरको महालक्ष्मीस्थानमा रहेको बाल आश्रममा फलफुल, मास्क, स्यानीटाईजर, साबुनसहितका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थितिमा नेपाली काँग्रेस महालक्ष्मी नगरपालिका वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रवि थापाको सहयोगमा सो कार्यक्रम गरिएको थियो ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...