
नयाँ विकल्प
काठमाडौं । नेपालका बामपन्थीहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कम्युनिष्ट समाजावादी चिन्तक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।
समृद्धि सहितको समानता हासिल गर्न पुष्पलालका योगदान स्मरण गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्माले उनको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गरेका छन् ।
समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेको सरकारले यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु ग्र्दै गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले पुष्पलालका नीतिहरु आजका सन्दर्भमा झन महत्वपूर्ण र उपयोगी भएको दाबी गरेका छन् ।
पुष्पलालको ४२ औं स्मृति दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले भने ‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासहहरुमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ । यस बाट हामी समृद्धि हासिल गर्ने छौँ । अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धसँग जोडौं ।’
‘कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोष्णा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलाल नै हुनन्’, ओलीले भनेका छन्, ‘ सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउने पुष्पलाले सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भयो ।’
प्रधानमन्त्री ओलीले पुष्पलालको सपना साकार पार्न विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत बनाइएको र करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको दाबी गरेका छन् । उनले पुष्पलालको राजनीतिक चाहना आफूहरुले धेरैहदसम्म पूरा गरेको दाबी गरेका छन् ।
कम्युनिष्ट पार्टीलाई बलियो बनाउँदै देशलाई समद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला आफूहरु एकतावद्ध हुनुको अनिवार्य रहेको आवश्यकतामाथि उनले जोड दिए ।
पुष्पलाल स्मृति दिवसकै अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले विज्ञप्ती जारी गर्दै पुष्पलाल कै मार्गदर्शनबाट नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेको, देशको संविधान निर्माण गरेको, नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठुला पार्टीहरुलाई एकिकृत गरेको दाबी गरेका छन् ।
‘नेपालमा नेपाली कम्युनिष्ट आन्दोलनले ७१ बर्ष पार गरेको जनाउँदै खनालले ठूला ठूला चुनौतिहरुसँग जुध्न नेकपालाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन’, खनालले भने, ‘एकतालाई मजवुद बनाउँदै समाजवादको लक्ष्यमा बढ्नु नै पुष्पलाल प्रतिको सच्चा सम्मान हो।’
कोरोना भाइरसको संक्रमण देशव्यापी फैलिएको, बाढी पहिरोले जनधनको क्षति भएको भन्दै पूर्वप्रधानमन्त्री खनालले सबै विपतको सामना गर्दै प्रभावित नागरिकहरुको जीवन रक्षा गर्न,उद्धार र राहतमा प्रभावकारी ढङ्गले जुट्न सम्पूर्ण सम्बन्धित निकायलाई आह्वान समेत गरेका छन् ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...