उत्तर कोरियालद्वारा ३० जना अधिकारीलाई उद्धारमा चासो नदिएको भन्दै मृत्युदण्ड – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

उत्तर कोरियालद्वारा ३० जना अधिकारीलाई उद्धारमा चासो नदिएको भन्दै मृत्युदण्ड

प्योङयाङ। उत्तर कोरियामा हालै भएको विनाशकारी बाढीले ठुलो नोक्सान पुर्याउँदा बाढीपीडितको उद्धारमा चासो नदेखाएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० बढी अधिकारीहरुलाई मृत्युदण्ड दिएका छन्।

मिडिया रिपोर्टअनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका हुन्।

दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।

बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएका थिए। रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो।

तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए ।

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०–३० जना प्रमुख पार्टीका व्यक्तिहरूलाई एकै समयमा झुण्ड्याइएको थियो।
यस बाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो। साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो।

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन। यद्यपि, रिपोर्टमा भनिएको छ कि बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ–हुन पनि थिए।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ भाद्र १९, १६: ४५

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ भाद्र १९, १६: ४५

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ भाद्र १९, १६: ४५

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...