
प्योङयाङ। उत्तर कोरियामा हालै भएको विनाशकारी बाढीले ठुलो नोक्सान पुर्याउँदा बाढीपीडितको उद्धारमा चासो नदेखाएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० बढी अधिकारीहरुलाई मृत्युदण्ड दिएका छन्।
मिडिया रिपोर्टअनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका हुन्।
दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।
बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएका थिए। रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो।
तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए ।
रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०–३० जना प्रमुख पार्टीका व्यक्तिहरूलाई एकै समयमा झुण्ड्याइएको थियो।
यस बाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो। साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए।
उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो।
उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन। यद्यपि, रिपोर्टमा भनिएको छ कि बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ–हुन पनि थिए।
पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...