
काठमाडौं। बागमती प्रदेशको दुई जिल्ला काठमाडौं र ललितपुरका ६० जनामा हैजाको संक्रमण देखिएको छ।
प्रदेशको ललितपुरमा ५० र काठमाडौंमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको हो।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।
झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन, स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक पटक गरी खुवाइरहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...
काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...