
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ९४ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ६५ निर्धारण गरेको छ ।
बुधबार एकैदिन सुनको मूल्य प्रतितोला रु. एक हजार तीन सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु. ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार पाँच सय ६० तोकिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु. १० ले वृद्धि भएर एक हजार एक सय ४५ पुगेको छ । रासस
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...