सरकारले राजश्व संकलन गर्ने उद्देश्यले लक डाउन खोल्यो : कांग्रेस – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

सरकारले राजश्व संकलन गर्ने उद्देश्यले लक डाउन खोल्यो : कांग्रेस

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत


नया विकल्प,
सरकार संचालन गर्नको लागि आर्थिक अवस्था कमजोर भएपछि राजश्व संकलन गर्ने उदेश्यले मात्र सरकारले लक डाउन खोलेको कांग्रेसले आरोप लगाएको छ ।

कोभिड १९ अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशरण महतले कोभिड १९ को संक्रमण कम नभए पनि राजश्व उठ्न कम भएपछि सरकारले लक डाउन खोलेको दाबी गरे । ‘आर्थिक अवस्था कमजोर भयो, अब लकडाउन खोल्नु पर्यो भनेर सरकार अघि बढेको देखिन्छ, महतले भने, ‘संक्रमण नियन्त्रण गर्न सरकारको कुनै तयारी देखिदैन ।’

कांग्रेसले मुलुकभर बन्दाबन्दी भएपछि राजश्व घटेका कारण सरकार कसरी चलाउने भन्ने चिन्ताले मात्र लकडाउन खुलाएको र सरकारको ध्यान जोखिम न्युनिकरण तर्फ गम्भीर नगइ ‘राजश्व चाहियो’ भन्ने उदेश्यमा मात्र केन्द्रीत भएको दाबी गरेको छ ।

स्वास्थ्य उपकरण र परिक्षणको मात्रा बढाइएको छैन । असंवेदनशी र तयारी बिना सरकार अघि बढेको छ । स्वास्थ्य जोखिमलाई क मगनेृ तयारी सरकारको देखिएन । यो विषयलाई लिएर हामी सडकमा आउनु पर्ने पनि देखिन्छ ।

कोरोनाको जोखिम कम भएको छैन । भौतिकदूरी कायम गरी माक्स लगाऔं र सचेत बनौं । कोरोनाबाट बच्न सचेतना अभियान पार्टीले चलाउने छ ।

संयोजक महतले विदेशबाट आएका नेपाली नागरिकलाई होल्डिङमा राख्ने भनिए पनि त्यसवको प्रोटोकल स्पस्ट नभएको, राजविराज र बीरगंजमा संक्रमण समुदायस्तरमा पुगिसकेको अवस्थामा सचेतता नअपनाएको र पिसिआर परिक्षण दैनिक १० हजार पु¥याउँछु भने पनि घटाएर तीन हजारमा झारेको भन्दै आपत्ति जनाए ।

सरकारले आर्थिक र सामाजिक संकटलाई संवोधन गर्न लकडाउन खोल्नु ठीक भएपनि जोखिम न्यूनीकरणको मापदण्ड र प्रोटोकल नबनाइ, तयारी र गृहकार्य नगरी जोखिम कम गर्ने उपाय नखोजी लकडाउन खोल्नु दुर्भाग्यपूर्ण भएको बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले सार्वजनिक यातायात संचालन गर्दा भौतिकदूरी कायम गर्दा हुने व्यवसायिको घाटालाई संवोधन नगरिएको भन्दै आपत्ति जनाए ।

विद्यालय र कलेज खोल्ने भनिए पनि भौतिक दूरी कामय गर्ने विषयम सरकारको तायरी नभएको भन्दै डा. महतले जनतामा सामान्य अवस्था आइसकेको भाव सरकारले पारे पनि जोखिम नघटेको दाबी गरे ।

शुक्रबार कांग्रेस जारी गरेकाे विज्ञप्ती

नेपाल सरकारले १२० दिन लामो लकडाउन र सेमी लकडाउनको अवस्थालाई समाप्त गरी श्रावण ७ गते लकडाउन खोल्ने निर्णय गरेको छ । मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई सुचारु बनाउन आवश्यक भए पनि लकडाउन खुलाए पछि जन जीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसले सरकारलाई पटक–पटक सजग गराउँदै आएको छ ।

लकडाउनका कारण नेपालको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको समस्याहरु कम गर्न यसले सहज गर्छ भन्ने कोणबाट आम जनजीवनले राहत महशुश गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिम तर्फ हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।

तर सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान दिएन । अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ । यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ ।

मूलभूत रुपमा सरकारका हरेक निर्णयहरु हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो । अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ । लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ । यसले गर्दा सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ । हामी पनि चाहन्छौं आर्थिक–सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् तर साथसाथै संक्रमणको जोखिम घटोस् । त्यसकारण हामी निम्न लिखित विषय तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
(१) संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ ।
(२) लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्यानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।
(३) नेपाली कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ ।
(४) सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मभ्mयौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड–१९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक बन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन । अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्पm सरकारको पटक्कै ध्यान गएको छैन

(५) लकडाउन खोल्ने निर्णय गरेपछि आम नागरिकहरुलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन । हामी यसप्रति सम्पूर्ण तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौं ।

अन्तमा पार्टीका सदस्य, शुभचिन्तक, समर्थक र आम नेपाली दिदीबहिनी–दाजुभाइहरुलाई संक्रमण जोखिमप्रति सचेत भई भौतिक दुरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई आफू पनि अपनाउने र अरुलाई पनि अपनाउन प्रेरित गर्न नेपाली कांग्रेस अनुरोध गर्दछ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७७ श्रावण ९, १५: ५६

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७७ श्रावण ९, १५: ५६

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७७ श्रावण ९, १५: ५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...