काठमाडौं। असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण बाढी र डुबानमा परेका नयाँ सवारी साधनहरु सयौंको संख्यामा क्षतिग्रस्त भए पछि सम्वन्धित कम्पनीमा मर्मत गराउनेहरुको भिँड लागेको छ।
नयाँ साना सवारी समेत बाढीको डुबानमा परेपछि सम्बन्धित आधिकारिक कम्पनीहरुमा सवारी धनीले लैजाने गर्दा अत्यधिक चाप बढ्न थालेको छ।
मर्मतका लागि निसान कम्पनीको आधिकारिक मर्मत केन्द्रहरु खुमलटार, सितापाईला आदि क्षेत्रमा बाढीले क्षतिग्रस्त सवारीहरु लानेको लर्को लागेको छ।
विशेष गरी ललितपुरको खुमलटार, हरिसिद्धि , नख्खु लगाएत स्थानहरुमा खोला किनारा र आवास क्षेत्रमा बाढी र डुबानका कारण सयौं साना सवारी साधन क्षतिग्रस्त भएपछि सवारी धनीहरुले धमाधम कम्पनीमा ल्याउन थालेका छन्।
बाढी र डुवान जस्तो प्राकृतिक प्रकोपले क्षति भएका सवारीलाई बिमा कम्पनीहरुले अध्ययन र अनुगमन गरेर मात्रै क्षतिपूर्ती दिने भएकाले यतिवेला सवारी साधनका धनीहरु बिमा कम्पनीलाई गुहार्दै हिँडिरहेको एक पीडितले जनाए।
त्यस्ता कम्पनीहरुले पनि बिमा कम्पनीले हेरेर लागत अनुमान निकालेपछि मात्र मर्मतको रकम उपलब्ध गराउँछन् । त्यसैले कम्पनिमा क्षतिग्रस्त सवारीको भिँड लागेपछि मर्मत शुरु भएको छैन ।
घर र ग्यारेजमा थन्काएर राखिएका सवारी साधनलाई वाढीले बगाउने, डुबाउने र हिलो, लेदो समेतले क्षति पुर्याएको छ। एउटै साना सवारी मर्मत गर्न महिनौं लाग्न सक्ने निसान कम्पनीका कार्यकारी प्रमुख अधिकृत कृष्ण पोखरेलले वताए।
आमालाई किस्ट अस्पतालमा विरामि भएर राति कुर्न वसेको समयमा अस्पतालको एकतला सम्म पानीले डुवाएको र त्यसपछि आमालाइ डुङ्गावाट उद्धार गरिको निसान कम्पनीका कार्यकारी प्रमुख अधिकृत पोखरेलले वताए। उनले आफ्नै सवारी समेत किस्ट अस्पतालमा पार्किङ गरेर राख्दा डुवानमा परेर क्षतिग्रस्त भएको बताए।
साना सवारीका मोटर पार्टस कम्पनीमा उपलब्ध भएमा दुईदेखि तीन सातामा मर्मत गर्न सकिए पनि मोटर पार्टस विदेशस्थित कम्पनीबाट मगाउनु परेमा महिनौं लाग्न सक्ने कम्पनीका डिलरहरुले बताउने गरेका छन् ।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...