काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणका लागि आगामी मंसिर १७ गते त्यसतर्फ जाने भएका छन्।
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका हुन्।
मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो। सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो दिएका थिए ।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...