
नयाँ विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठकले पार्टीका विभाग गठन र विस्तारको काम तत्काल रोक्न सभापति शेरबहादुर देउवासँग आग्रह गर्ने निर्णय गरेको ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो भएको भेलाले पार्टी सभापति देउवाद्वारा विधान विपरीत विभाग गठन गरेको भन्दै त्यसलाई रोक्न माग गरेको हो ।
पार्टीको १४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठनको काम भएकाले त्यसलाई रोक्न आग्रह गर्ने निर्णय भएको केन्द्रीय सदस्य जीवन परियारले बताए ।
भेलाले महाधिवेशनको प्रक्रिया शुरु भइसकेकाले निर्वाचन आचारसंहिता आकर्षित भएको भन्दै त्यस्तो अवस्थामा विभाग गठन गर्नु पार्टी बिधान विपरीत भएको निष्कर्ष निकाले छ । भेलाले महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।
बैठकपछि संचारकर्मीसँग बोल्दै महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको जनाए । उनले नयाँ मान्छेलाई पार्टीमा प्रवेश गराउने र पुराना नेताहरूलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाए ।
विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने भए पनि विधानविपरीत अहिले गठन भइरहेको भन्दै असन्तुष्ट नेताहरुले सभापति देउवाको विरोध गरिरहेका छन् ।
लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...
काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...