नेकपा विवाद : केपी र बामदेव ‘केमेष्ट्रीकाे’ रहस्य ! – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

नेकपा विवाद : केपी र बामदेव ‘केमेष्ट्रीकाे’ रहस्य !


नयाँ विकल्प


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद जटिल बनिरहेको बेला दुई ध्रुवमा रहने अध्यक्ष तथा प्रधानमन्त्री ओली र उपाध्यक्ष बामदेव गौतम नजिकिएको सम्बन्धले नयाँ राजनितिक तरंग उत्पन्न गराएको छ ।

नेकपा भित्रका दुई प्रभावशाली नेताहरु ओली र गौतकको सम्बन्ध लामो समयदेखि तनावपूर्ण थियो । तर, पछिल्ला केही दिन यता भने यी दुई नेताको सम्वन्ध अस्वभाविक रुपमा बदलिएको छ ।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हठाउन कम्मर कसेर लागेका ओलीका कट्टर विरोधी बामदेव गौतमको बोली अस्वभाविक रुपमा बदलिएको छ ।

गौतमले स्थायी कमिटीको मंगलबारको अनौपचारिक बैठकमा ओलीको राजिनामा माग्नुको सट्टा पाँच बर्ष पुरा कार्यकाल नै विना रोकतोक सरकारको नेतृत्व गर्न दिने र अधिवेशन अगाडि उनैको नेतृत्वमा पार्टी सञ्चालन हुनुपर्ने प्रस्ताव अगाडि सारेका थिए ।
ओली–गौतकको यो केमेष्ट्रीको विषयमा प्रवेश गर्नु पूर्व यी दुइको सम्बन्ध र उतार चडाव बारे प्रसंग सप्रसंग ब्याख्या पनि उत्तिकै सान्र्दभिक हुन्छ ।

ओली–गौतम विवादको श्रृङ्खला

तत्कालिन एमालेको ९ औ महाधिवेशनमा बरिष्ठ नेता माधवकुमार नेपाललाई ४३ मतले मात्र पछाडि पारेर अध्यक्षको चुनाव जितेका ओलीलाई बामदेव गौतमले सहयोग गरेका थिए ।
बामदेव गुटको सहयोग हुदैन थियो भने ओलीको राजनितिको यात्रा अन्योलपूर्ण हुने थियो । ओलीले बामदेको सहयोगमा पार्टी अध्यक्षको चुनाव जितेका हुन् ।

जुन बेला ओली र गौतमवीचको एउटा सहमति अर्थात सम्झौता भएको थियो । त्यो सम्झौता के थियो भने ओलीलाई बामदेवले सहयोग गरेर अध्यक्ष जिताउने र ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउँन सहयोग गर्ने ।

बामदेव तत्कालिन माओवादीसँग नजिक रहेको र माओवादी–एमाले सरकार गठनको अवस्था आएमा बामदेवलाई प्रधानमन्त्री बनाउँने आस्वासन केपी ओलीले दिएका थिए ।
२०७४ को आम निर्वाचनमा बर्दीया क्षेत्र नम्बर १ बाट गौतमले चुनाव हारेपछि भने उनको लाभको पद लिने आकाङ्क्षामा अबरोध सृजना भयो ।

नेकपा भित्र गौतकको पराजय षडयन्त्रपूर्वक हो भन्नेमा धेरैलाई विश्वास छ । कतिपयले बामदेव चुनाब जितेको भए प्रधानमन्त्री बन्न ओलीसँगको सहमती ब्युँताउने निश्चित थियो । त्यसैले पनि गौतममाथि अन्तरघात गरी चुनाव हराइएको टिप्पण गरेको पाईन्छ ।

गौतमको पराजयको विषयमा छानविन गर्न तत्कालिन प्रदेश–५ का बिष्णु पौडेलको संयजकत्वम बैजनाथ चौधरी तथा तत्कालिन एमालेका बाँकेका अध्यक्ष हरि ज्ञवालीसहितको छानविन समिति गठन भएको थियो ।

समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा अन्तर्घातलाई सहायक कारण मानिएको थियो । तर, हालसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।
गौतम चुनावा हारेर पनि चुप बसेनन, तत्कालिन एमाले र माओवादी एकिकरण पछि बनेको नेकपा र उसले पाएको दुई तिहाई नजिकको जनमतमा बामदेव शक्तिशाली प्रधानमन्त्री बन्न चाहन्थे तर त्यसका लागि संसद निर्वाचित हुनु अनिवार्य थियो तर उनी कतैबाट पनि प्रतिनिधिसभाको सदस्य बन्न सकेनन् ।

ओलीले आफुलाई दिएको वाचा अनुसार प्रधानमन्त्री बन्नकालागि बामदेवले हदैसम्मको प्रयास गरेका थिए । गौतम निकट मानिने काठमाडौं क्षेत्र नम्बर ७ का सांसद (हाल शहरी विकास राज्यमन्त्री) रामवीर मानन्धरले बामदेब लागि राजिनामा दिने र उपनिर्वाचनबाट बामदेवलाई जिताउँनेसम्मको तयारी गरेका थिए ।

सो क्षेत्रमा उपनिर्वाचन गराउन प्रतिनिधिसभाका सांसदलाई राजिनामा गराउँदा पार्टीको क्षवि विग्रने भनदै स्वयं अध्यक्ष ओलीले नै मानन्धरलाई राजिनामा नदिन चेतावनी दिए ।
गौतम यसअघि मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद छक्क बहादुर लामालाई राजिनामा गर्न लगाएर आफू

चुनाव लड्न चाहेका थिए । तर, मुगुका मतदाताले मलाई राजिनामा गर्न दिएनन भन्दै लामा पछि हटेका थिए ।
गौतमले वाँके, दैलेख, पाल्पाबाट समेत त्यहाँका सांसदहरु क्रमस रोकाया, अमरबहादुर थापा र दलबहादुर रानालाई राजिनामा गर्न लगाई आफू सो क्षेत्रबाट चुनाव लड्न चाहेका थिए तर सफल भएनन् ।

गत वर्ष काश्की क्षेत्र नं २ को उपनिर्वाचनमा समेत गौतम उठ्ने चर्चा आयो । तर, गौतम आफैले पुन अन्र्तरघातको सम्भावना रहेको पाईएपछि त्यहाँबाट समेत पछाडि हटे ।
प्रतिनिधिसभाको सदस्य बन्न सके मात्र प्रधानमन्त्री हुन पाईने बैधानिक प्रावधान बुझेका गौतमले सांसद बन्ने सबै प्रयासहरु असफल भएपछि राष्ट्रिय सभामार्फत प्रधानमन्त्री बन्ने सपना देखेका थिए ।

गौतमको सपनालाई संवोधन गर्न प्रधानमन्त्री ओलीले संविधान संशोधन मार्फत राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुने प्रावधान राख्ने असफल प्रयास गरे ।
सांसद बनेर प्रधानमन्त्री हुने गौतमको चाहनालाई ओलीले हालसम्म लिङ्गरिङ गरेका छन् । राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा एक जना सांसद राष्ट्रपतिले चयन गर्ने संवैधानिक प्रावधान छ ।

तर सो स्थानमा बामदेवलाई हालसम्म पनि सिफारिस नगरी पाँच महिनादेखि अल्झाई रहेका छन् ।
संघीय संसदको सदस्य विना नै ओलीको विश्वास पात्र भएकै आधारमा झापाका डा. युवराज खतिवडाले पाँच महिनादेखि अर्थमन्त्रीको जिम्मेवारी लिएका छन् । गौतमलाई खतिवडाकै ठाउँमा ल्याउन प्रधानमन्त्रीले चाहेमा कुनै महाभारत छैन ।

सांसद हुँदै सत्ताको बागडोर सम्हाल्ने गौतमको चाहानामा एकपछि अर्को गर्दै बादल लाग्ने गरेको छ । त्यसैले उनले दुई वर्षअघि आफूलाई मन्त्रीभन्दा माथिल्लो ओहोदा हुने गरी विकास प्राधिकरणको प्रमुख बनाउन आग्रह गरेका थिए । गौतमको त्यो चाहना पनि पुरा भएको छैन् ।
गौतमको स्वभावअनुसार सत्ता र लाभको पद दिने ओलीको आकर्षक प्रस्तावमा उनी अल्झने गरेका छन् । यसपटकको द्वन्दमा समेत उनी अन्तत ओलीको आकर्षक अफरमा पग्लिएका छन् ।

ओलीबाट पटक पटकको उधारो आश्वासनमा फसेका र धोखा खाने गरेका गौतम यसपटक पनि ओलीको आश्वासनको मायाजालमा पर्न सक्ने सम्भावना अत्यधिक देखिन्छ ।

ओली–गौतमको क्यामेष्ट्रीको रहस्य

प्रधानमन्त्रीसँग चिडिएका वामदेव गौतम फेरि ओलीको आश्वासनमा फसेका छन । ओली गौतम पछिल्लो समय एकठाउँमा आउनुको रहस्य आगामी १० औं महाधिवेशनको आन्तरिक स्वार्थसहितको सहमति हो ।

नेकपा अध्यक्ष तथा प्रधानन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनाबाद स्विकार गर्न आग्रह गरेका थिए । तर, प्रचण्डले सो प्रस्ताव स्विकारेनन् ।

प्रचण्डले यो प्रस्ताव स्विकार गरेको भए ओलीले कार्यकारी अधिकार सहित प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी समेत दिने तयारी गरेका थिए
प्रचण्डले जनताको बहुदलिय जनवाद पनि स्विकार नगर्ने र आफुविरुद्ध लगातार षडयन्त्र गरिरहने भएपछि ओलीले एक तीरबाट दुई शिकार गरेका छन ।

बामदेवले जनताको बहुललीय जनवादलाइ अगाडि बढाउने र एकताको १० औ महाधिवेशनमा उपाध्यक्ष बामदेव गौतलाई ओलीले सहयोग गर्ने गरी समझारी बनेको छ ।
सो समझारी पछि गौतमले आफ्नो पुर्व भनाईलाई परिवर्तन गर्दै प्रधानमन्त्री ओलीलाई नै निरंतरता दिने गरि सहमतीको प्रस्ताव समेत पार्टीको स्थायी कमिटी बैठकमा अगाडि सारेका हुन ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०७७ श्रावण १५, १३: ५९

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण १५, १३: ५९

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०७७ श्रावण १५, १३: ५९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...