कतार एयरवेजले आजदेखि दोहा–भैरहवा दैनिक उडान भर्दै – Naya Bikalpa
March 16, 2025, Sunday

कतार एयरवेजले आजदेखि दोहा–भैरहवा दैनिक उडान भर्दै

भैरहवा। कतार एयरवेजले आजदेखि कतारको राजधानी दोहाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ।

कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाए। दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ।

कतारले काठमाडौंबाट दैनिक तीन उडानको अनुमति पाएको छ। कतार एयरवेजले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ।

विमानस्थलमर्मत शुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो।

भैरहवामा उडान गर्ने कतार अब पाँचौ विमान सेवा कम्पनी बनेको छ। यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन्।

 

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ कार्तिक २७, १२: १४

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ कार्तिक २७, १२: १४

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ कार्तिक २७, १२: १४

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...