डेंगी संक्रमणबाट कृषि वैज्ञानिक डा.पौडेलको निधन – Naya Bikalpa
February 6, 2025, Thursday

डेंगी संक्रमणबाट कृषि वैज्ञानिक डा.पौडेलको निधन

धनकुटा। धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको डेंगी संक्रमणबाट निधन भएको छ।

पौडेलको मोरङको विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

केही दिनदेखि ज्वरो आएपछि धनकुटा जिल्ला अस्पताल पुर्याइएका डा. पौडेललाई अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई विराट मेडिकल कलेज लगिएको थियो।

डा.पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत थिए। फलफूल विशेषज्ञ रहेका उनी पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा हुन्। उनका दुई सन्तान तथा श्रीमती छन्।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ कार्तिक २८, १५: ३६

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ कार्तिक २८, १५: ३६

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ कार्तिक २८, १५: ३६

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...