
धनकुटा। धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको डेंगी संक्रमणबाट निधन भएको छ।
पौडेलको मोरङको विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केही दिनदेखि ज्वरो आएपछि धनकुटा जिल्ला अस्पताल पुर्याइएका डा. पौडेललाई अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई विराट मेडिकल कलेज लगिएको थियो।
डा.पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत थिए। फलफूल विशेषज्ञ रहेका उनी पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा हुन्। उनका दुई सन्तान तथा श्रीमती छन्।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...