पाैडेल समूहले विभाग गठनको निर्णय खारेज सहित ५ बुँदे अल्टिमेटम दियाे – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
नेपाली कांग्रेस महाधिवेशनको प्रक्रिया

पाैडेल समूहले विभाग गठनको निर्णय खारेज सहित ५ बुँदे अल्टिमेटम दियाे

नया विकल्प,
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर महाधिवेशनको प्रक्रिया शुरु भएपछि गठन गरिएका सबै विभाग खारेज गर्न माग गरेका छन् ।

पौडेल समुहको बुधबार बसेको बैठकका निर्णयहरु सभापति देउवालाई बुधबार केन्द्रीय कार्यालय सानेपामा बुझाउँदै असन्तुष्ट नेताहरुले महाधिवेशनको कार्यतालिका शुरु भइसकेकाले विभागको गठन, पूर्णता र नियुक्ति सबै खारेज गर्न माग गरेका हुन् ।


पार्टी सभापति देउवालाई पाँच बुँदे ध्यानकर्षण पत्र बुझाएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सभापति देउवाले विभाग गठन लगायतका कार्यहरु विधान मिचेर गरिरहेको आरोप लगाए ।

‘अन्य पार्टीबाट आएका केही व्यक्तिलाई देखाएर हजारौंको सख्यामा सदस्यता फारम जिल्लामा पठाउने काम भएको छ’, पौडेलले भने, ‘विदेशस्थित जनसम्र्क समितिका कतिपय पदाधिकारी त्यो भन्दा माथिल्लो पदमा गएपछि तल्लो पद स्वत हटेर जाने बिधानको व्यवस्थालाई पनि पालना गरिएको छैन ।’

सभापति देउवालाई बुझाईको ध्यानकर्षण पत्रमा ‘२०७६ साल फागुन महिनादेखि वर्तमान नेतृत्व काम चलाउ भएकाले त्यसयता गरेको सबै निर्णय खारेज गर्नु पर्ने, १४ औं महाधिवेशनको कार्यक्रम अघि बढीसकेपछि विभाग गठन गर्नु र २८ वटा विभागलाई आफूहरुको सहमति बिना नै ४८ पुर्याएर पद र प्रलोभन बाँडेर विधान र निर्वाचन आचार संहति उल्लंघन भएको’ जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विभाग गठनप्रति गम्भीर आपत्ति जनाउँदै त्यस्तो कार्य बन्द गरी त्यस्ता निर्णय खारेज गर्न माग गरे । उनले तत्कालिन सभापति शुसील कोइरालाले कार्यकालको तेश्रो वर्षमा गरेको विभाग गठनलाई सभापति –देउवा)ले अश्वीकार गरेपछि सम्पूर्ण विभाग खारेज भएको स्मरण समेत गराए ।

‘कार्यकाल सकिएको अवस्थामा जेष्ठ राजनीतिज्ञ सभा गठन गरी पार्टीका बरिष्ठ साथहरुको तेजोवध गर्ने गरी पाँच सयको हाराहारीमा नाम प्रकाशित गर्नुकोपछि शुद्ध भावना देखिन्न’, पौडेलले भने, ‘क्रियाशिल सदस्यता वितरण गर्दा समेत पक्षपातपूर्ण व्यवहार भएका छन् ।

कतै सदस्यता गइसक्यो भने शुल्क बुझाएका जिल्लामा अझै सदस्यता फारम दिइएको छैन ।’
पाैडेल समुहले पार्टीमा दशकौंदेखि रगत पसिना भिजाएका साथिहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउन र मनोवल गिराउन फोरम लोकतान्त्रिकसँगको समायोजन हेर्ने समितिले केही सदस्य, यति सदस्य, यति हजार सदस्य जस्ता अस्पष्ट र अमुर्त विवरण केन्द्रमा पठाएर अन्यायपूर्ण कार्य गरेको निष्कर्ष निकालेको छ ।

समायोजन सकेका जिल्लामा समेत क्रियाशिल सदस्यताको फारम वितरण नगरेकोमा ध्यानकर्षण पत्रमा घोर आपत्ति जनाइएको छ ।

पाँच बुदे ध्यानाकर्षण पत्रमा स्थानीय तह समायोजनको कार्य अनावश्यक रुपमा अल्झाउने, निर्देशीका मिच्ने र अपारदर्शी ढंगले काम भएको भन्दै भ्रातृ तथा शुभेच्छुक संस्थालाई नेतृत्वकै आडमा अधिवेशन गर्न नदिएर निष्कृय बनाएको आरोप लगाइएको छ ।

सो समूहले भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भइ आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने बैधानिक व्यवस्था रहेकोले तत्काल महाधिवेशन गराउन माग गरेको छ ।

विदेशस्थित जनसम्र्क समितिहरु भारत र अमेरिकाका अध्यक्षलाई सभापतिले केन्द्रीय समितिमा आमन्त्रित सदस्य मनोनित गरेपछि समितिको अध्यक्षको हैसियत स्वत समाप्त हुने व्यवस्था पार्टी विधानको धारा ४२ को उल्लंघन गरेको ठहर पौडेल समूहले गरेको छ ।

सभापति देउवाले अमेरिकास्थित जनसम्र्क समितिका अध्यक्ष गोरख विष्ट र भारतस्थित अध्यक्ष बालकृष्ण पाण्डेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए । तर दुवैले अहिलेसम्म दुवै देशको जनसम्पर्क समितिको अध्यक्ष नछाडेको दाबी गरिरहेका छन् ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०७७ श्रावण १५, १७: १६

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०७७ श्रावण १५, १७: १६

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०७७ श्रावण १५, १७: १६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...