कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै राप्रपा सडकमा निष्कने – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै राप्रपा सडकमा निष्कने

नया विकल्प,
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय प्रजातान्त्र पार्टी सडक आन्दोलनमा उत्रने भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

राप्रपासँग आवद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई आइतबार काठमाण्डौमा सम्बोधन गर्दै थापाले मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको दाबी गर्दै तल्लो तहसम्म संगठन निर्माणमा जुट्न निर्देशन पनि दिए ।

पार्टी एकतासँगै जनवर्गिय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले साँगठनिक सुदृढिकरणका गतिविधिमा केन्द्रीत हुन समेत निर्देशन दिए ।

सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने जनाउँदै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा संचालन गरिने बताए । नेकपा र नेपाली काँग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको दाबी गर्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढता व्यक्त गरे ।

सो अवसरमा विभिन्न जनवर्गिय संगठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए भने अन्य पार्टी नेताहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ श्रावण १८, २०: १५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ श्रावण १८, २०: १५

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
  • २०७७ श्रावण १८, २०: १५

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...