

नया विकल्प,
काठमाडौं । कोभिड –१९ ले देशलाई नै प्रभावित गरिरहेको बेला नेपाली कांग्रेसले खुल्ला गरेको सक्रिय सदस्यता वितरण र नविकरण अभियानलाई गम्भिर असर परेको छ ।
सरकारले तीन महिना लामो लकडाउनको घोषणा गरे पनि अहिले त्यसलाई फिर्ता लिएको छ । तर, कोरोना भाईरसको संक्रमण दिन दुई गुना, रात चौगुना बृद्धि भइरहँदा कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा लकडाउन गरेका छन् ।
सरकारले अहिले पनि एक जिल्लाबाट अर्को जिल्लासम्म पुग्ने गरी सार्वजनिक सवारी साधनलाई खुल्ला गरेको छैन् । जसले गर्दा आफ्नो पेशा, व्यवसायका कारण आफ्नो स्थानीय तहभन्दा वाहिर गएका कांग्रेसका क्रियाशील सदस्यहरु अलमलमा परेका छन् ।
पार्टीले पटक पटक गरी पार्टीको अन्तरिम संरचना निर्माणको लागि समायोजन गर्ने र क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने कार्यसूची सार्दै साउनसम्म पुर्याएको छ ।
पर्टीको पछिल्लो बैठकले साउन १० गते भित्र पार्टीका सबै तहमा समायोजन प्रक्रिया पुरा गर्नु पर्ने र सदस्यता वितरण तथा नविकरण साउन मसान्त भित्रमा गरिसक्नु पर्ने निर्णय गरेको छ । तर, अघोषित लकडाउनका कारण सदस्यता वितरण प्रभावकारी हुन सकेको छैन ।
नेपाली कांग्रेसको बिधानमा क्रियाशिल सदस्यता लिन चाहने र नविकरण गर्न चाहने व्यक्तिले पार्टीको सम्वन्धित वडा इकाईमा गएर सदस्यता फारम भर्ने, नविकरण गर्ने र शुल्क तिर्नु पर्ने व्यवस्था छ ।
सार्वजनिक सवारी नचल्दा कार्यक्षेत्रमा रहेका कांग्रेसका क्रियाशिल सदस्यहरुले सदस्यता नविकरण गर्न र नयाँ क्रियाशील सदस्यता लिन चाहनेलाई समस्या परेको छ ।

कांग्रेसको विधान अनुसार सम्वन्धित पार्टी वडा इकाईमा सदस्यता नविकरण गर्न कांग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले उपत्यका छाडेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यलाई पनि सम्वन्धित वडामा सदस्यता नविकरणको लागि जान सुझाव वा निर्देशन दिएका छैनन् ।
राजधानीको ठमेलमा व्यवसाय गर्दै आएका पाल्पा रामपुर ५ का कल्प पौडेल पार्टीले प्रकाशित गरेको क्रियाशील सदस्यता नविकरणको समय भित्र आफ्नो निर्वाचन क्षेत्रमा पुग्न निकै सकस बेहोर्नु परेको बताउँछन् ।
‘मैले पो साथि–भाईको लिफ्ट मागेर काठमाडौंबाट पाल्पा आउन सकें तर, सार्वजनिक सवारी साधन नचल्दा हजारौं कांग्रेसका क्रियाशिल सदस्यहरु काठमाडौंसहित मुलुकमा अन्य शहर र क्षेत्रबाट जिल्ला आउन सकेका छैनन्’, पौडेलले नयाँ विकल्पसँग भने ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले क्रियाशिल सदस्यताको वितरण र नविकरणका साथै गाउँ÷नगरको वडा, गाउँ÷नगर पालिका, प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्य समितिको अधिवेशनको कार्यतालिका निर्धारण गरेको थियो ।
क्रियाशील सदस्यता वितरणमाथि कसैले उजुरी दिएमा त्यसको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने मिति मंसिर मसान्तसम्मलाई तोकिएको छ । त्यसअघि केन्द्रीय छानविन समितिले सदस्यतासम्वन्धि अन्तिम निर्णय मंसिर १५ गतेसम्म गरिसक्नु पर्ने छ भने पार्टी सभापतिलाई मंसिर २५ गतेसम्म बुझाउनु पर्ने समयसीमा निर्धारण गरिएको थियो ।
पार्टीले क्रियाशील सदस्ता वितरणको कार्यतालिका अहिले परिवर्तन वा संशोधन गरेको छैन । हालसम्म करिव १२ वटा जिल्लाको संगठनात्मक संरचनाको समायोजन समेत सकिएको छैन । तर, कतिपय जिल्लामा भने क्रियाशील सदस्यता वितरणले तिव्रता पाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...