अमेरीकामा कम्पनी खोल्ने भन्दै नेपाली ठग्ने म्याक्गे ठमेलबाट पक्राउ – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

अमेरीकामा कम्पनी खोल्ने भन्दै नेपाली ठग्ने म्याक्गे ठमेलबाट पक्राउ


नयाँ विकल्प

काठमाडौं–नेपाली नागरिकलाई अमेरीकामा कम्पनी दर्ता गराई दिने र ब्यापारीकाे आवरणमा अमेरीका लैजाने भन्दै ठगि गर्ने एकजना अमेरीकी नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।


पक्राउ पर्ने अमेरीकी नागरिक ६५ बर्षीय डानीयल लि म्याक्गे रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ । म्याक्गे पर्यटक भिषामा नेपाल आएकाे र विभिन्न प्रलाेभनमा पारेर नेपाली नागरिक ठग्ने गरेकाे प्रारंभिक अनुसन्धानबाट खुलेकाे छ । उनले अहिले सम्म तिन जना नेपालीबाट २० लाख ठगि गरेकाे खुलेकाे छ ।

म्याक्गे ले भक्तपुर सुर्यबिनायक –६ का ३२ बर्षीय टुक नारायण श्रेष्ठलाई अमेरिकी नागरिक कोटेश्वरमा रहेको एटलास सेक्युरिटी कम्पनीलाई अमेरिकीमा दर्ता गर्ने र साझेदारी बनाउने भन्दे १० लाख ठगेका थिए ।


पक्राउ परेका म्याक्गेले सिुजन थापा र सन्दीप कार्की समेत लाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही पाँचलाख ठगि गर्दा गदै गरेका अवस्थाको काठमाण्डौ क्षेत्रपाटीबाट पक्राउ जनाएको छ ।

महानगरीय अपराध महाशाखाले यस्तो प्रलोभनमा पारेर अन्य व्यक्तिहरु समेतलाई ठगी गरेको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएको छ ।


विभिन्न वहाना तथा प्रलोभनमा पार्न सक्ने हुनसक्ने तर्फ सजग रहन महाशाखाले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०७७ श्रावण १९, १७: ४६

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...

फराकिलो मतान्तरले सोविता गौतम विजयी
फराकिलो मतान्तरले सोविता गौतम विजयी
  • २०७७ श्रावण १९, १७: ४६

काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...

झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
झापा–५ मा बालेन ओलीभन्दा ४० हजार बढी मतले अगाडि, १७ हजार मत गन्न बाँकी
  • २०७७ श्रावण १९, १७: ४६

झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...