विपक्षी दलहरुले भने– ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’ – Naya Bikalpa
February 9, 2025, Sunday

विपक्षी दलहरुले भने– ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’

काठमाडौं : सरकारले संसदमार्फत विधेयकका रुपमा लयाउनुपर्ने कानुनहरु अध्यादेश मार्फत ल्याएको भन्दै विपक्षी दलहरुले भर्त्सना गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी दलहरूले संसदमा विचाराधिन विधेयक फिर्ता समेत नलिइ अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ भनेर भर्त्सना गरेका हुन् ।

उनीहरुले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अवरुद्ध गर्दै भ्रष्टाचारीहरूलाई जोगाएको आरोप लगाएका छन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप बढाउँदै भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरेको विपक्षी दलहरुको ठहर छ ।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ माघ ४, १६: ३५

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ ४, १६: ३५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ ४, १६: ३५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...