
नयाँ विकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ संक्रमण देशब्यापी फैलदै जानुमा सत्तारुढ पार्टीका नेताहरुको गैरजिम्मेवार क्रियाकलाप रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार राजनीतिक दलका प्रमुख र विज्ञसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारले जतिसुकै राम्रो काम गरे पनि बिरोधको लागि बिरोध गर्ने संस्कार भएको बताए ।

‘२५ जनाभन्दा बढीको भिँडभाड गर्नु हुन्न भनेर हामीले निर्देशन दिइरहेका छौं । तर, भिँडभाड गर्नेहरु अन्त खोज्न जानै पर्दैन । मेरै पार्टीमा छन् । झन चार सय ४५ जनाको मिटिङ तुरुन्त गर्नु पर्यो भन्छन् । स्थायी कमिटीको बैठक अहिले चाहियो, भरे चाहियो भन्न थालियो’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले देश र जनताप्रति यस्तो गम्भीर लापरवाही र बेवास्था गर्ने पक्षमा सरकार नहरेको बताए । सरकारले लकडाउन गर्दा किन गर्यो ? भन्ने र लकडाउन खोल्दा किन खोल्यो ? भनेर विरोध हुने गरेकोमा खिन्नता व्यक्त गरे ।

कोरोना संक्रमण नियन्त्रणको लागि सरकारको भूमिका प्रभावकारी नभएको भन्दै आमसंचार माध्यमले विरोध गर्न थालेको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । उनले कोरोना संक्रमण संचार माध्यमलाई विरोध गर्ने साधन भएको टिप्पणी गरे ।
ओलीले काठमाडौं टेलिभिजनका अघि बसेर सरकार कहाँ छ भनेर खोज्ने गरिएको भन्दै त्यस्तो कार्यको कडा आलोचना गरे । उनले सरकार खोज्न काठमाडौंबाट गाउँमा जान सुझाव दिँदै बाढी पहिरोमा ज्यान जोखिममा राखेर काम गर्नेहरुको पनि भावना बुझ्न आग्रह गरे ।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण बढ्दै गएकाले दुई साता लक डाउन लगाउने प्रस्ताव गरेका थिए ।

सर्वदलिय बैठकमा पुगेका कांग्रेस सभापति देउवाले संक्रमणको नियन्त्रणको लागि सरकारले राजनीतिक दलका नेतासँग भन्दा बिज्ञसँग सुझाव लिएर कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...