प्रधानमन्त्री ओली र प्रचण्ड विच बालुवाटारमा छलफल सुरु – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रधानमन्त्री ओली र प्रचण्ड विच बालुवाटारमा छलफल सुरु

नयाँ विकल्प,

काठमाडाैं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”बीच बालुवाटारमा छलफल सुरू भएकाे छ ।

आजकाे छलफलमा पनि ओली पक्षका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्ड पक्षका वरिष्ठ नेता झलनाथ सहभागी छन् ।

हिजोको छलफलमा पनि विवाद समाधानकालागि कुनै निश्कर्ष निस्कन नसकेपछ आज पुनः छलफल गर्ने सहमति भएकाे थियाे ।
वालुवाटारमा भएको उक्त भेटमा पछिल्लो समय नेकपा भित्रको विवाद र चालु स्थायी कमिटिको बैठक सुचारुगर्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत मंगलबार अध्यक्ष ओलीको सहमति विना अध्यक्ष प्रचण्ड समुहले स्थायी कमिटिको बैठक बोलाउने प्रयास गरेको थियो ।

नेकपा बैठक दुई अध्यक्षको सहमतिमा मात्र बोलाउने पूर्वसहमती विपरित प्रचण्ड समुहले एकलौटी रुपमा बैठक बोलाउने प्रयास गर्नु र प्रधानमन्त्री ओलीविरुद्ध वक्तब्य जारी गरेपछि प्रचण्डसँग ओली थप चिडिएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २०, १७: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण २०, १७: २६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २०, १७: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...