निजगढ विमानस्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न भारतसँग आग्रह – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

निजगढ विमानस्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न भारतसँग आग्रह

प्रेमचन्द्र झा

राैतहट : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे रुटमा अवराेध खडा नगरी निर्माण कार्यमा सहयाेग गर्न भारत सरकारसँग अनुराेघ गरेका छन् ।

नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोर्डर हार्मोनीले राैतहट सदरमुकाम गाैरमा शनिबार आयोजना गरेको नेपाल भारत मैत्री संवादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम-अयाेध्या र लुम्बिनी-बाेधगयाका लागि नयाँ रुट बनाउनुपर्ने बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुराेध गरे ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफू प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको निकै चाप हुने गरेका कारणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य रहेको उनले दाबी गरे ।

हार्माेनिका मधेश प्रदेश अध्यक्ष किशोरी यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा भारत बिहार विधानसभामा रिगाबाट निर्वाचित विधायक माेतिलाल प्रसाद, मधेश प्रदेश सभामा राैतहट १ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य नागेन्द्र साह, मधेश सरकारका पूर्वमन्त्री योगेन्द्र यादव, वाैधीमाई नगरपालिकाका प्रमुख प्रदिप कुमार यादव, बैरगनियाका पूर्वमेयर बसिर अन्सारी, नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झा, लोसपाका नेता अनिल कुमार सिंह, भारत नागरिक समाजका रामअशिश पटेल, राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनय यादवलगायतले वाेडरका जनताले दुबै देशमा भोग्नु परेको समस्याका कारण पारस्परिक पाैराणीक धार्मिक परिवारिक सम्बन्धमा हुने तिक्तता कम गर्न दुबै देशका नागरिक जनप्रतिनिधि र सरकार स्तरबाट सामाधान खाेज्न आवश्यक रहेको बोलेका थिए ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ माघ १९, २२: ०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८१ माघ १९, २२: ०१

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८१ माघ १९, २२: ०१

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...