१० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

१० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै

काठमाडौं । आज विश्व क्यान्सर दिवस ।यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ ।

विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।

सम्बन्धित समाचार

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
  • २०८१ माघ २२, ०८: २१

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा...

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
  • २०८१ माघ २२, ०८: २१

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ माघ २२, ०८: २१

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...