प्रधानमन्त्री ओलीबिरुद्ध ‘ग्याङ अफ फाेर’ काे माेर्चाबन्दी ! – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
नेकपा फुटकाे ‘रिर्हसल‘

प्रधानमन्त्री ओलीबिरुद्ध ‘ग्याङ अफ फाेर’ काे माेर्चाबन्दी !

नयाँ विकल्प,

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आन्तरिक विवाद चरम उत्कर्षमा पुगेकाे छ । ग्याङ अफ फाेर अर्थात नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेतहरू माधव कुमार नेपाल, झलनाथ खनाल तथा नेकपा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध वार कि पारकाे लडाइ शुरू गर्ने तयारी गरेका छन् ।

ओलीबिरुद्ध अभियान सुरू गर्नुअघि औपचारीक रूपमा माेर्चाबन्दी सुरू गरेका असन्तुष्ट पक्षका नेताहरू अर्थात ग्याङ अफ फाेरले केही सञ्चारकर्मीसंग समेत अनाैपचारिक छलफल सुरू गरेका छन् ।

स्राेतकाअनुसार वुधबार साँझ काठमाडाैंकाे विजुलीबजारस्थित प्रेसिडेन्टियल कलेजमा प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा नेकपा निकट पत्रकारहरू बीच छलफल भएकाे छ ।

उक्त छलफलमा उपस्थित शिर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली एकलाैटि रूपमा अगाडि बढ्न खाेजेकाे, पार्टी तथा शिर्ष नेतृत्वलाइ समेत उपेक्षागर्दै सरकार सञ्चालन गरिरहेकाे , कतिपय विवादास्पत नियुक्तिले पार्टीकाे छवि धुमलिएकाे भन्दै प्रधानमन्त्रीकाे कार्यशैलि विरूद्द समाचार संप्रेक्षण गर्न आग्रह गरेका थिए ।

गत १३ साउनमा स्थगन गरिएकाे स्थाइ कमिटिकाे बैठक बाेलाउने वा नबाेलाउने विषयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड अशन्तुष्ट पक्ष विच आराेप प्रत्याराेप सुरू भएकाे छ ।

नेकपा फुटकाे रिहर्सल

तत्कालिन नेकपा माओवादि फुटकाे कारण धाेवीघाट बैठकलाइ लिन गरिन्छ ।०६७ साउनमा भएकाे साेहि पार्टी फुटकाे रिहर्सल भने यतिवेला खुमलटार अर्थात प्रचण्ड निवासबाट भैरहेकाे छ ।

तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शक्ति आफुमा मात्र केन्द्रित गरेकाे भन्दै तत्कालिन माओवादीका नेता बाबुराम भट्टराई ,रामबहादुर थापा”बादल”, माेहन वैद्य “किरण” नारायणकाजी श्रेष्ठ समेतले प्रचण्डलाइ अध्यक्ष वा संसदीय दलकाे नेताबाट हटाउन हस्ताक्षर नै संकलन गरेका थिए । जसकाे फलस्वरूप तत्कालिन माओवादी तीन टुक्रामा विभाजन भएकाे थियाे ।

खुमलटारमा प्रधानमन्त्री ओलीलाइ हटाएर पुष्पकमल दाहाल “प्रचण्ड” लाइ प्रधानमन्त्री , झलनाथ खनाललाइ राष्ट्रपति , माधवकुमार नेपाललाइ पार्टीकाे अध्यक्ष बनाउने गरि समिकरण बनाइएकाे थियाे ।

प्रधानमन्त्री ओली भारतले मिचेकाे नेपाली भुमि सहितकाे नक्शा जारी गरेपछि नेकपा भित्रबाटै चेपुवामा परेका छन् । ओली नेतृत्वकाे सरकाले भष्ट्रचार राेक्न नसकेकाे , महामारीकाे रूपमा फैलिएकाे काेराेना संक्रमण राेक्न कुनै ठाेस कदम चाल्न नसकेकाे भन्दै जनस्तरबाट समेत विराेध भैइरहेकाे छ ।

तर मिचिएकाे भुमि फिर्ता गर्न ओलीले चालेकाे कदम, तथा जनाताले स्थिर सरकारकाेलागि दिएकाे अभिमत विरूद्द हुने गरि अर्का अध्यक्ष प्रचण्ड लगायत असन्तुष्ट पक्षले प्रधामन्त्रीकाे राजिनामा माग्नु देश तथा जनातकाे अभिमत विरूद्द हुने भन्दै असन्तुष्ट पक्षकाे समेत चाैतर्फी विराेध भैरहेकाे छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २२, १०: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण २२, १०: १७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण २२, १०: १७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...