
नयाँ विकल्प,
काठमाडाै- रूसकाे एक स्वास्थ्य संस्थाले तयार पारेकाे काेराेना भाइरस (काेभिड-१९)काे भ्याक्सिन ( सुइ) शतप्रतिशत सफल रहेकाे दावी गरेकाे छ ।
गेम-काेभिड-भेकलेयाे नामक उक्त भ्याक्सिन ४२ दिन पहिले मस्काेकाे बुर्डेंको मिलिटरी अस्पतालमा शुरू भएकाे थियाे । साे भ्याक्सिन रसियाकाे रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च एण्ड इपिडिमियाेलाेजी तथा माइक्राे वायाेलाेजीले संयुक्त रूपमा परिक्षण गरेका थिए । परिक्षणमा काेराेना संक्रमितलाइ उक्त सुइ लगाइ दिएपछि काेराेना भाइरसविरूद्द राेगसंग लड्ने क्षमताकाे विकास भएकाे बताइएकाे छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रूसले बनाएकाे काेरानाविरूद्दकाे भ्याक्सिनकाे बारेमा भने कयाैं प्रश्न उठाएकाे छ । संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरले पत्रकार सम्मेलनमा कुनैपनि भ्याक्सिनकाे तेस्राे परिक्षण सफल नभइ उसले उत्पादन गरेकाे कुनैपनि औषधिलाइ कुनैपनि हालतमा प्रमाणित गर्न नसकिने बताएका छन् ।
डब्ल्यूएचओले उक्त भ्याक्सिन तयार गर्नुपूर्व रूसले कतिपय नियम पालना नगरेकाे बतएकाे छ । उता रूसले भने याे सुइकाे सम्पूर्ण औषधीय परिक्षण पुरा गरेकाे दावी गरेकाे छ ।
याेसंगै विश्व स्वास्थ्य संगठनले आफ्नो वेभसाइटमा क्लिनिकल परिक्षण पार गरेका २५ वटा भ्याक्सिनकाे सुचि समेत प्रकाशित गरेकाे छ । डब्ल्यूएचओका अनुसार अहिले पनि एक सय ३९ वटा भ्याक्सिन परिक्षणका क्रममा रहेका छन् ।
रूसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकाेले अक्टुबर महिनाबाट ठुलाे संख्यामा सर्वसाधारणमा साे भ्याक्सिन उपलब्ध गराउने भन्दै अन्य देशसंग सहयाेग मागेका छन् ।
रूसले तयार पारेकाे सुइकाे विषेशता यस्ताे छ

रूसी वैज्ञानिकहरूले तयार पारेकाे याे भ्याक्सिनकाे नाम ( जेम काेभिड भेक लिओ ) दिइएकाे छ । याे सुइकाे आविस्कार मस्काेस्थित रूसी स्वास्थ्य मन्त्रालयसंँ सम्बन्धित एक सँस्था गेमालेया रिसर्च इन्स्टिच्ट्यूटले तयार पारेकाे हाे ।
याे इन्स्टिच्ट्यूटले गत जुनदेखि सुइकाे तयारीमा लागेकाे थियाे । पहिलाे परिक्षणकाे समयमै कतिपय रूसी उपल्लाे ओहाेदामा रहेका ब्याक्तिलाइ याे सुइ परिक्षणकाे रूपमा लगाइएकाे थियाे ।
यसले मानव शरिरमा रहेकाे काेराेना भाइरसविरूद्द काम गर्ने तथा मानव शरीरलाइ संक्रमणबाट समेत सुरक्षित राख्ने पनि काम गर्दछ ।
याे सुइ मानव शरिरमा भाइरसविरूद्द काम गर्ने गरि एडी–५ तथा एडी-२६ दुइ प्रकाका औषधिकाे समिश्रणबाट तयार पारिएकाे हाे । यी दुइकाे समिश्नणलाइ काेराेना भाइरसकाे जिनसँग लडन सक्नेगरि तयार पारिएकाे जनाइएकाे छ ।
यतिवेला संसारभर काेराेनाविरूद्द तयार पारिएका औंषधिहरू एकतर्फी रूपमा मात्र काम गर्ने खालका रहेकाे बताइएकाे छ । तर, रूसले तयार पारेकाे याे सुइ भने बहुउपयाेगी हुनसक्ने दावी गरिएकाे छ । रूसी वैज्ञानिकहरूले दुइवटा एन्टी काेराेना भ्याक्सीनकाे समिश्रण गरि याे औषधि तयार पारेकाे दावी गरेका छन् ।
रूसी स्वास्थ्य मन्त्रालयले दावी गरे अनुसार याे औषधिकाे अरू राेगका लागि तयार पारिएकाे हाे । जुन सुइ नै काेराेना नियन्त्रणका लागि प्रभावकारी बन्न सक्छ ।रूसले तयार पारेकाे याे सुइलाइ अन्य विकसीत मुलुकले समेत पछ्याइरहेका छन् ।अमेरीका र युराेपीयन मुलुकहरूले भने याे सुइकाे प्रभावकारीताकाे बारेमा प्रश्न उठाइरहेका छन् ।
रूसी रक्षामन्त्रालयका अनुसार उक्त भ्याक्सिन परिक्षणकाे परिणाम आएको र यसले काेराेना भाइरससंग लडने क्षमतामा बृद्दि भएकाे पुष्टि भएकाे छ । याे भ्याक्सिनकाे कुनै साइड इफेक्ट नहुने समेत दावी गरिएकाे छ ।
प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...
काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...