राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी मर्जर अन्तिम चरणमा – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी मर्जर अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । दुबै बैंक बराबरी हैसियतमा गाभिने भएका छन् । २०७३ माघबाट सुरु भएको मर्जर प्रकृयाले अब अन्तिम रुप लिन लागेको हो ।

अर्थमन्त्रालयले मन्त्रिपरिषद् वैठकबाट मर्जर गर्ने औपचारिक निर्णय गरेपछि दुबै संस्थाबीच औपचारिक सम्झौता भएको थियो । दुबै संस्था मर्जरका लागि राष्ट्र बैंक पुगेर सैद्धान्तिक स्वीकृति लिएसँगै स्वाप रेसियो टुङ्गिएको हो ।

राष्ट्रिय बाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वको बैंक हो । एनआइडिसीको भने केही शेयर सर्बसाधारणसमा पनि छ । एनआइडिसीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा रोकिएको छ ।

मर्जरको औपचारिक घोषणा गर्न एनआइडिसीले माघ १९ गते विशेष साधारणसभा समेत बोलाएको छ । सभाले शेयर आदन प्रदान अनुपातलाई अनुमोदन गर्ने छ भने राष्ट्रिय बाणिज्य बैंकको एक शेयर बराबर एनआइडिसीको एक शेयर मूल्यांकन गरिएको छ । एनआइडिसीमा एक प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा छ ।

राष्ट्रिय वाणिज्य बैकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड नाघिसकेको छ । एआइडिसीको ४१ करोड ५८ लाख रुपैयाँ छ । तर जगेडा कोषमा भने तीन अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । एनआइडिसीमा सर्वसाधारणको ३० हजार ९१० कित्ता शेयर छ भने सरकारको स्वामित्व ९९.२६ प्रतिशत छ । मर्जर हुँदा शेयर लिन नचाहने सर्वसाधारणले एक कित्ता बराबर ४४८४ रुपैयाँ ३० पैसा पाउने छन्। यो रकम संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकनका आधारमा तय गरिएको बताइन्छ ।

अर्थ मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीका अधिकारीहरु सम्लित मर्जर समितिले प्रकृया सबै सकेपछि साधारणसभा बोलाइएको हो । यसपालीको मर्जरमा कर्मचारीहरुलाई ‘कन्फिडेन्स’ मा लिएर प्रकृया थालिएको थियो । यसअघि पनि मर्जर प्रकृया सुरु गरिएको थियो। तर कर्मचारीका विरोधका कारण अगाडि वढ्न सकेको थिएन ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७४ माघ ८, ०९: २१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७४ माघ ८, ०९: २१

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ माघ ८, ०९: २१

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...