एस्कर्टस्को Hydra 15 4P क्रेनको सफ्ट लन्च बुटवलमा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

एस्कर्टस्को Hydra 15 4P क्रेनको सफ्ट लन्च बुटवलमा

बुटवल । आइएमई अटोमोटिभ्स प्रा.लि.,एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागी आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित “Hydra15 4P” क्रेनको नेपालमा बिक्री वितरणको सुरुवात फाल्गुण ०९ गते बुटवल अवस्थित कालिका नगरबाट एक औपचारीक कार्यक्रम मार्फत सेवा सुरु गरेको छ ।

उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो । कार्यक्रम अनावरण गर्ने क्रममा मोहनलाल जोशीले बताए । “एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि मेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमा आएको वृद्घिसंगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।”

यस “Hydra15 4P” क्रेनका ऐतिहासिक समुद्घाटनको अवसरमा एस्कर्टस डिभिजन (नेपालका) सेल्स हेडश्री अशोक कार्की, एस्कर्टस लि. का कन्ट्री म्यानेजर राजेश्वर प्रसाद यादव साथै विक्रेता प्रतिनिधी, Chaitainya Equipment का निर्देशक प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।

हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्लि. ले मर्मत सम्भार गर्न सहजहुने प्रकृतिका विविध विशेषता समाहित रहेको “ज्थमचब ज्ञछ द्धए” बजारमा ल्याएको छ जसमा देहाय वमोजिमका विशेषताहरु रहेका छन् – क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ HP को इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फलविन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ KMPS को स्पिड, 8F +2R को गीचर बक्स ।

यसका अलावा, इन्जिनको टिकाउका लागि प्रिएयर सिलिण्डर र सुख्खा प्रकारको ट्वीन फिल्टर एलिमेन्ट जडान हुनुका साथै उत्कृष्ट कार्य सम्पादनका लागि हेभि ड्यूटी ब्याक इन्ड, हेभि ड्यूटी एस्बेस्टोस मुक्त क्लचप्लेट, उपकरण ओभरलोड हुँदा अडियो वार्निङ्ग, डिस्क ब्रेक, होज प्रोटेक्सन फेलर डिभाइस, होज र सिलिण्डर गार्ड सहितको सेफ्टी गार्ड, खुला क्याबिन, हेभि भारवहन क्षमता र रगेड एप्लिकेसनको लागि हेभि ड्युटी संरचना सहितको विषेशताले वहुगुण सम्पन्न ज्थमचब ज्ञछ द्धए क्रेनको आयुलाई अभिवृद्घि गरेका छन् ।

Escorts Construction Equipments Limited (ECE), भारत ७० करोड सेवाग्राही रहेको एस्कर्टस् आईएसओ ढण्ण्ज्ञस्द्दण्ण्ड प्रमाणित समूह हो । यो कृषि सम्वद्घ उत्पादनहरु जस्तै ट्रेकटर, निर्माण र सामाग्री हैंडलिंग उपकरणहरु, रेलवे उपकरणहरु र अटोमोवाइल पार्टसहरुको उत्पादन गर्दै आईरहेको छ ।

१९७१ मा गठित यो कम्पनी भारतको फरीदाबादमा अवस्थित सबैभन्दा ठूलो इन्जिनियरिङ्ग कम्पनीहरु मध्यको एकहो । एस्कर्टस्ले सुन्दर संसारको निर्माणको लागि इन्जिनियरिङ्गको विकासमा प्रतिबद्घ छ । इनोभेटिभ इन्जिनियरिङ समाधान सहितको मानविय उर्जालाई प्रयोग गर्दै अनन्त सम्भावनाहरुको खोजी गर्न तथा मेटेरियल हेन्ड्लििङ, रोड बिल्डिङ, अर्थ मुभिङ र अन्य सेवाहरु प्रदान गर्न प्रतिवद्घ रहेको छ ।

राष्ट्र तथा सम्भावनाहरुको सम्बोधन गर्न एकै ठाउँबाट विविधहेभि उपकरणको सुनिश्तिता गर्दै देशको संरचनात्मक विकास, खानी, रियल स्टेट लगायतका आर्थिक क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । एस्कर्टसको लि. को हेभि उपकरणहरु जस्तै व्याकोलोडर, सोइल कम्प्याक्टर, टान्डेम रोलर, क्रेन, फर्कलिफ्ट आदि रहेका छन् ।

आइएमई अटोमोटिभ्स प्रा.लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलर मार्फत सेल्स, सर्भिसर पार्ट्स नेटवर्क प्रदान गर्दै आएको आइएमई अटोमोटिभ्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्न एस्कर्टस् लि.बाट उत्पादित विभिन्न हेभि उपकरणहरुको प्रयोग मार्फत देशको आर्थिक विकास तथा पुर्ननिमार्णमा योगदान पु¥याउँदै आएको छ । उर्जावान युवा जनशक्तिका साथमा आइएमई अटोमोटिभ्स प्रा.लि. ले नेपालका अटोमोबाइल कम्पनीहरुको माझमा एक पृथक र सक्षम कम्पनीको रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ फाल्गुन १३, १०: ३४

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ फाल्गुन १३, १०: ३४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ फाल्गुन १३, १०: ३४

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...