
मकवानपुर । साना किसानहरूलाई प्रोत्साहन गर्दै कृषिमा आत्मनिर्भर बन्ने योजना बोकेको बागमती प्रदेश सरकारले पहुँचको आधारमा व्यक्तिलाई बजेट दिँदा साना किसानहरू सधैँ मारमा पर्ने गरेका छन् ।
अर्कोतिर पहुँचको व्यापक दुरुपयोग भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हाल बाहालवाला सचिव तथा मन्त्रालयका तत्कालिन योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर शरण कुमार पाण्डेसँगको पहुँचको दुरुपयोग गर्दै ६२ लाख हिनामिना भएको छ ।
मन्त्रालयमा योजना महाशाखाका प्रमुख समेत रहेका पाण्डेले पहुँचको दुरुपयोग गरी अनावश्यक व्यक्तिलाई लगानी गरेको संसदीय समितिको अनुगमनपछि पत्ता लागेको हो ।
मन्त्रालयका तत्कालिन सचिव डाक्टर योगेन्द्र कार्की र पाण्डेले हेटौँडामा बधशाला खोल्ने नाममा उद्योगीसँग मिलेर ६२ लाख रुपैयाँ हिनामिना गरेको तथ्य बाहिर आएको छ ।
पाण्डेले सम्झौता गरेर बधशाला खोल्ने नाममा काम नै नगरी रकम भुक्तानी दिएका हुन् । हेटौंडाको बफेलो क्वालिटी फुड प्रालिले प्रदेश सरकारको तत्कालिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता गरेर ६२ लाख २२ हजार ५ सय रुपैयाँ अनुदान लिएर बधशाला सञ्चालनमा ल्याएको कागजमा मात्रै उल्लेख गरिएको छ ।
बधशाला कतै छैन । बधशाला खोल्नेबारे मन्त्रालयका तर्फबाट पाण्डे र बफेलो क्वालिटी फुड प्रालिका तर्फबाट सैयद रियाजउदिन बीच सम्झौता भएको थियो ।
मन्त्रालयका तर्फबाट अनुगमन गरेर भुक्तानी दिनका लागि सचिव कार्की समक्ष पाण्डेले सिफारिस गरे त्यसपछि पैसा भुक्तानी भयो तर बधशाला सञ्चालनमा छैन ।
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...