ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट÷रजिष्र्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले यही १८ गते मंगलबार उद्घाटन गरे । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंक लि. ले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट÷रजिष्र्टड कार्यालय स्थापना गरेको हो । कर्पोरेट÷रजिष्र्टड कार्यालय उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपाल ज्यूले स्थापनाको छोटो समयमा नै आफनै लगानीमा कर्पोरेट÷रजिष्र्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंक लि. लाई बधाई ज्ञापन गरे ।
सोहि कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्र प्रसाद ढकाल ज्यूले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक महानुभावहरु, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे । उक्त कर्पोरेट÷रजिष्र्टड कार्यालय समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
ग्लोबल आइएमई बैं लि. ले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । सोहि अनुरुप अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ भने कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि बैंकले मलेसिया, कतार, युएइ, बहराइन लगायतका मुलुकबाट रेमिटयान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
११ औँ वार्षिकोत्सव कै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याए संगै बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ, । साथै नवनिर्मित कर्पोरेट÷रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ । त्यसैगरी ग्लोबल आइएमई बैंक लि. ले नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई अंगिकार गर्दै मर्जर तथा प्राप्तिमा समेत अग्रणी भूमिका खेलेको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...