
काठमाडौँ — सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही महिनामा एक लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए। यस वर्ष भने पर्यटक आगमनमा केही कमी देखिएको छ।
पश्चिम एसियामा जारी द्वन्द्वको प्रभावका कारण पर्यटक आगमन घटेको बोर्डले जनाएको छ। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक नेपाल आएका छन्।
देशअनुसारको विवरणमा भारतबाट सबैभन्दा बढी १५ हजार १९६ पर्यटक भित्रिएका छन् भने चीनबाट ११ हजार ७२२ पर्यटक नेपाल आएका छन्।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...