
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएको छ। सन् २०२६ को मे महिनामा कुल १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो। साथै, कोभिड–१९ महामारीअघि सन् २०१९ को मे महिनामा भएको ७८ हजार ३२९ पर्यटक आगमनको तुलनामा यो ३१ प्रतिशतले उच्च रहेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो तथ्याङ्कले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास बढ्दै गएको देखाएको छ। नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा प्रवर्द्धन गर्ने अभियानले सकारात्मक परिणाम दिन थालेको बोर्डको भनाइ छ।
मे महिनामा भारत नेपालका लागि सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३९.७४ प्रतिशत हो। त्यसपछि चीनबाट ११ हजार ५१४ (११.२२ प्रतिशत), अमेरिकाबाट ९ हजार १ (८.७७ प्रतिशत), बंगलादेशबाट ५ हजार २९८ (५.१६ प्रतिशत) र बेलायतबाट ३ हजार ३७५ (३.२९ प्रतिशत) पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली क्षेत्र (सार्क) बाट आउने पर्यटकको हिस्सा सबैभन्दा बढी ४७.२ प्रतिशत रहेको छ। अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत, अन्य क्षेत्रबाट ४.५ प्रतिशत, ओसियानियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत तथा अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।
पर्यटन क्षेत्रका सरोकारवालाले पछिल्ला तथ्याङ्कले नेपालको पर्यटन उद्योग महामारीपछिको पुनरुत्थानमा मात्र सीमित नरही नयाँ उचाइतर्फ अग्रसर रहेको संकेत गरेको बताएका छन्।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको...
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...
काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...