बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ? – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?

 

१. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ?
नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म नेपालीकांग्रेस आइपुगेको हो । चौधौँ महाधिवेशनको समयावधि समाप्तभएर पनिअनावश्यकविवादमा समय खेर गएको थियो । केन्द्रीय समितिको जिम्मामा रहेको समयमामहाधिवेशन गर्ने विषयमाविवादहुनै नहुने थियो । संगठनको जिम्मालिएकामहामन्त्रीहरुकै पहलमाकिनविशेष महाधिवेशनभयो होला?अनि पुरानो केन्द्रीय समितिकाअत्यधिकसदस्यहरु किनत्यसमाअनुपस्थितभएहोलान् ? र पनि नेपालीकांग्रेसको विधानको १७.२ले दिएको अधिकार प्रयोग गरी भएको विशेष महाधिवेशनले बनाएको १५औँ महाधिवेशन गराउने समेत जिम्मालिएको केन्द्रीय समितिको विषयमा समेत सम्भवतः अब पुनरावलोकन हुने देखिन्छ सर्वोच्च अदालतमा ।

नेपालीकांग्रेसमा यो अवस्थाआउनु नै दुःखद कुरा हो । आफूलाई प्रजातन्त्रवाहकमान्ने, प्रबद्र्धन, सम्बद्र्धंन र अग्रगामीपक्षमान्ने दलमाआफ्रनो दललाई मिलाएर जाननसक्ने अवस्थाजुन सृजनाभएर अदालतको शरणमा दुवैथरी पुग्छन् भने यो लाजमर्दो कुरा हो । विशेष महाधिवेशनको नेतृत्वको हातबाट आधिकारिक पत्रलिएर निर्वाचनमागएका नेताहरुसमेत त्यो समितिअवैध भन्दै हिँड्ने अवस्थाले नैतिकताको पनि स्खलनहुँदै गएको देखाउँछ । यो अवस्थामापनि १८लाख नेपालीहरु नेपालीकांग्रेससँग देखिएका छन् र यो विवादको भुमरीमाजाकिएर दुईवटा दलको जस्तो अवस्थाविद्यमान रहे समर्थकहरुमा अरु वितृष्णा आउने छ र आफूलाई सुहाउँदो दल खोज्ने या खोल्नेतिर लाग्नेछन् भन्ने समयक्रममाविकास हुने प्रवृत्तिहो । १४औँ महाधिवेशनका नेताहरु कतिपयविशेष महाधिवेशनको पक्षधर भएका छन् ।

कतिपय नेताहरु लकपक देखिन्छन् । सत्यको पक्षजहिले पनि एउटै हुन्छ, त्यो एकताबद्ध नेपालीकांग्रेसको धारणा । लोककथामाभनिएको छ—एउटी महिला सुत्केरी भएको बेलाबेहोस भइछन् र अर्की महिलाले त्यो बच्चा मेरो भनेर च्यापिछन् । पछि असलीआमा र नक्कलीआमाअदालतमापुगेछन् यो बच्चा मेरै हो भन्ने दाबीका साथ । सबैको प्रमाण मिल्दोजुल्दो छ तर बच्चाकीआमा त एउटै हुने न हो । अनिन्यायाधीशले भनेछन्—यो बच्चाकाविषयमाविवादमिलेन, मैले अब यस्तो न्यायदिने भएँ कि यो बच्चादुवै आमाहरुलाई बाँड्ने , आराले बिचमाचिर्ने र दुई भागमा एउटा एउटाभागलिएर जाने । त्यसपछि आरो लिएर अर्दलीतयार भयो । एउटी आमाचाहिँ बरु आधाबच्चालिएर जाने तर आफ्नो ढिपी नछोड्ने भइन्, अर्कीले भनिन् भैगो त्यो बच्चा उसैको हो श्रीमान् उसैलाई दिनुस् ।

अनिन्यायाधीशले भैगो बच्चा उसैलाई दिनुस् भन्ने आमालाई बोलाएर बच्चाजिम्मालगाएकाथिए र अर्कीलाई बदमास बच्चासमेत चिरेर मार्न खोज्ने भनेर जेलमा पठाएका थिए । अब न्यायालयले त्यो काम गर्नुपर्नेछ र नेपालीकांग्रेसलाई बचाउने काम गर्नुपर्नेछ । तर नेपालीकांग्रेस बचाउने काम त कांग्रेसको हो, संगठन बचाउने कामकांग्रेसी जनको हो , यसमाअदालतको प्रवेश जरुरी थियो र ?थिएन तर प्रवेश भइसकेको छ भने आपसमा अझै मिल्ने अवस्था छ । छिटो महाधिवेशन गरेर प्रतिस्पर्धात्मकतरिकाले नेतृत्वप्राप्त गर्न सकिन्छ । त्यसकालागि पार्टीभित्रकाझिनामसिना कुराहरुले छेक्नु हुँदैन । त्यसैले आगामीअसोजमामहाधिवेशन गरेर नेतृत्वको जिम्मा परिपक्वरुपमा प्रस्तुतहुने पक्षलाई प्रतिनिधिहरुले जिताउने छन् । पार्टी जनमुखीहुन सकेन भन्ने गुनासोलाई चिर्ने काम सल्लाहले हुनेछ ।

एकथरी सानेपाकब्जा गरेका छौँ भने मख्ख पर्ने, अर्कोथरी राष्ट्रिय भेलाको धम्कीदिएर अर्को दलसमेत खोल्ने मनसाय राख्ने हो भने अदालतले दिने न्यायको पनिकुनै अर्थ नहुने अहिल्यै देखिन्छ । पुनरावलोकनले भन्ला, २०८२पुस २७पहिलेको अवस्थाबाट नयाँ सुरुवातअनिविवाद कसरी सुल्झेला?पुनरावलोकनले भन्लाविशेष महाधिवेशन त तदर्थ समिति जस्तै होे, उसले तोकेको महाधिवेशन गर्नू र नयाँ नेतृत्व छान्नू अनि कुरो कसरी मिल्ला?जवकिआपूmलाई इतर सम्झनेहरुको अर्को दलसमेत खोल्ने तयारी गरेको कुरा त्यसका समर्थकहरुले ठाउँठाउँमा भन्ने गरेको सुनिन्छ ।

सबैभन्दा राम्रो त्यो राष्ट्रिय भेलालाई नै एकताको महाधिवेशनतयारी समितिको प्रस्थानविन्दु मान्नेगरी सहमति गरेमानयाँ बाटो तयार हुनेछ जसमानिवर्तित सभापति शेरबहादुर देउबाको समेत सहमतिआवश्यकभएको छ अब नेकांको बृहद् एकताको लागि । मेरो गोरुको बाह्रैटक्का गर्ने हो भने भगवानले पनि नेकां विभाजन रोक्न सक्नेछैनन् । त्यसैले महाधिवेशनअसोजमा गर्ने गरी एकताबद्ध हुनु नै आजको नेपालीकांग्रेसको आवश्यकताहो जस्तो लाग्छ ।


२.र अन्त्यमामुलुकमानयाँनयाँ संकट देखिँदै छ
राजनीतिकविश्लेषक तथावरिष्ठ राजनीतिशास्त्रीप्राध्यापक कृष्ण खनालको धारणामा अहिले संसार नै वहुसंकटबाट गुज्रेको बेला छ र नेपालपनिवहुसंकटको सामना गरिरहेको छ । नेपालभित्रकादलहरुमा देखिने आपसीविभाजन समयको उपजहो । पुस्तान्तरणको कारणले हो । विचार विनिमयकाकमीले र आपसमा छलफल नहुने तर मनोगतरुपमादलहरुमा नेतृत्वले आदेश लाद्ने गरेकाले पनि नेपालीदलहरुमाबारम्बार संकट देखिने गरेको छ र जेनजीआन्दोलनले नयाँ बाटोको तयारी खोजेको छ । दलहरु पुरानै ढर्रामा छन् । एकातिर प्रत्येक दलमाआपसीविवाद छ, दलहरुमाआन्तरिक किचलो चरमरुपमा बढेको छ भने अर्कोतिर दलहरु आपसमा बसेर वैचारिक मतभिन्नता घटाउने भन्दाविचारविहीनतामा दौडिरहेका देखिन्छन् । त्यसैले सचेत नागरिकहरुको समूहले, नागरिक समाजले स्पष्ट बाटो देखाउने काम गर्नुपर्छ जसले दलहरुमा संकटसँग जुध्ने क्षमता वृद्धि होस् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध
  • २०८३ श्रावण २५, १३: ५३

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरुका सांसदले विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनेबित्तिक्कै...

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
  • २०८३ श्रावण २५, १३: ५३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ र हामी रहन्छौं, नभए सबै खरानी हुन्छ : पूर्णबहादुर खड्का
राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ र हामी रहन्छौं, नभए सबै खरानी हुन्छ : पूर्णबहादुर खड्का
  • २०८३ श्रावण २५, १३: ५३

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत पार्टीभित्र देखिएको विवादका विषयमा सबै तह र तप्काका नेता...