जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ? – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?

 

१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र शाह नेपालफर्किसक्नु भएको छ । असोज ६गते नेपालबाट न्युयोर्कका लागिकतार एयरवेजबाट प्रस्थान गर्नु भएकाप्रधानमन्त्रीशाहअसोज १०गते अपराह्न नेपालफर्किसक्नु भएको छ । नेपाली समयअनुसार असोज ८गते विहानै नेपालको पालोमाबोल्दाजलवायु न्यायकापक्षमा सशक्तआवाज उठाएर विश्वको ध्यानखिच्न सक्षमहुनुभएको थियो । संयुक्त राष्ट्रसंघको यो महासभाका सबैभन्दा कान्छा सरकार प्रमुखसमेत रहनु भएकाप्रधानमन्त्रीशाहको वारेमा सुनेका, जानेका र सुन्न चाहनेहरु जिज्ञासु थिए, त्यो विश्वमञ्चमा कसरी प्रस्तुतहुनुहोलाभनेर ।

भदौ १०को अप्रत्यासितहिमाली सुनामीले हजारौँको ज्यानलिएको, हजारौँ हराएका र खर्बौको विकासकापूर्वाधार निमिट्यान्नभएको र जलविद्युतको क्षेत्रमा अपूरणीय क्षतिभएको नेपालको नामहालविश्वभर चर्चाको विषय बनेको थियो । त्यस्तो बेलामा नै संयुक्त राष्ट्रसंघको महासभाको समय परेकोले पनिप्रधानमन्त्रीशाहले नेपालकातर्फबाट जलवायु न्यायकालागिआवाज उठाउने सहीमञ्चको प्रयोग गनुभयो । त्यसो त परराष्ट्र मन्त्रीशिशिर खनालले राष्ट्रसंघीय अर्को मञ्चमा नेपालको भनाइ राखिसक्नु भएको थियो र पनिविश्वका सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको बोल्ने सत्रमाबोलेका कुराले महत्वपाउने नै भयो ।

खासगरी नेपालजस्ता देशले विश्वलाई तातो पार्ने कुनै त्यस्तो कामनगरेको तर हामीले चाहिँप्रत्येक वर्ष पृथ्वीतातेका कारणले हिमालयपग्लने र हिमनदीहरुमाकुनै पनि बेलाहिमालय फुटेर त्यसबाट तटीय क्षेत्र र त्यहाँकाबासिन्दाहरुको बिचल्लीहुने अनिखर्बौँको विकासकापूर्वाधारहरु नष्ट हुने गरी जलवायु परिवर्तन भएको घटनालाई प्रधानमन्त्रीशाहले स्पष्टसँग बताएर विश्वका नेताहरुको ध्यानखिच्नु भएको छ । राष्ट्रसंघका महासचिवअन्तोनियो गुथरेसले त नेपालको भ्रमणका बेलामाभन्नु नै भएको थियो, विश्वको छानो भत्कँदै छ त्यसबाट मानवअहितहुने कुरा पक्का छ ।

त्यही कुरा हाम्राप्रधानमन्त्रीसँगको भेटमा समेत बताउनु भयो र भन्नुभयो —म जहाँभएपनि नेपालको हितमाबोलिरहने छु,काम गरिरहने छु । स्मरणीय छ, महासचिवगुथरेस आगामी डिसेम्बरमापदबाट अवकास पाउँदै हुनुहुन्छ आफ्नो ८बर्से कार्यकाल समाप्त गरेर । उहाँले नेपाल भ्रमणका बेलामाभन्नु पनिभएको थियो, नेपालकाहिमनदी ३०प्रतिशतभन्दा तलपुगेका छन् र यो मानवहितकालागिहानिकारक छ । प्रधानमन्त्रीबालेन्द्र शाहले यसपटकको महाविपत्तिको विवरणमात्र दिनु भएको थिएन, कसरी हामीजस्ताजलवायु परिवर्तनका कारणले अप्ठेरोमा परेका देशहरुलाई पृथ्वीतातो पार्नेहरुले क्षतिपूर्ति दिनुपर्छ भनेर सशक्तआवाज उठाउनु भएको थियो ।
जम्मा १५मिनेट समय पाइन्थ्यो, त्यसका सबैकुरा भन्नपनि सकिँदैनथ्यो र कसरी प्रधानमन्त्रीले बोल्नु भयो भन्ने कुरा गौण हो , के भन्नुभयो भन्नेकुरा महत्वपूर्ण हो । सकेसम्म सबैकुरा समेटिएका छन् जसले गर्दा हालैको हिमालय प्रस्फुटन भएको घटनालाई वैश्विक न्यानोपनसँग जोडेर क्षतिपूर्तिसम्मको कुरा उठाइएको थियो । विश्वमाहतियारको आपूर्ति तत्कालहुनसक्ने तर जनताकालागिआवश्यक कृषिमल, खानापकाउने र गाडीमा हाल्ने इन्धनको कमीअल्पविकसित देशहरुले भोग्नु पर्ने भन्नेजस्ताधारणाले पनिविश्वमञ्चमाध्यानखिचेको पाइन्थ्यो । राष्ट्रसंघमा सानो टोलीजानु, प्रधानमन्त्रीले सहजतरिकाले प्रस्थान र आगमनको तरिका रोज्नु पनिचर्चाका विषय बनेका हुन् ।
हाम्रो कामआफ्ना कुरा राख्ने हो, जलवायु न्यायकाबारेमा नेपालले पहिले पनिविभिन्नविश्वमञ्चमा धेरै पटक आवाज उठाएको छ तर शक्ति राष्ट्रहरु, औद्योगिक राष्ट्रहरु जसले कार्बन यति धेरै उत्पादनगर्दछन् कि हामी जस्ता कार्बन उत्पादननगरी विश्वलाई सहयोग गर्ने देशहरुको भनाइ र प्रयास निरर्थक भएको छ । यसपटक महासचिवगुथरेसले सबैलाई राष्ट्रसंघले सहयोग गर्ने भने पनिविश्वमाभइरहेको युद्धलाई कसैले रोक्न सकेको देखिएन, कार्बन कमउत्पादन गरेर बढीमा १.५प्रतिशतमा सीमित गर्ने भने पनिकसले पो त्यसमाचासो राखेको देखियो र ?अनिहामीले जहाँजहाँ जे बोले पनित्यसको वास्ता गरिएको छैन, जलवायु परिवर्तनका कारणले दुर्घटना घटेपछि केही करोड डलर दिएर आप्mनो दायित्व पूरा भएको मान्ने देशहरुको समस्या नै के हो भने एउटा कानले हाम्रा समस्याहरु सुन्ने, अर्को कानले उडाउने अनिआफ्ना औद्योगिकउत्पादनहरु वृद्धि गर्दै खर्बौँ डलर कमाइरहने ।
त्यसो त पक्कै नै यसपटक पनि रु. ३ अर्बजत्तिक्षतिपूर्तिमाआउला, तर हिमालयतातेर डाँडाका डाँडा हिउँ र पहाड खसेर भएको मानवीयक्षति, खर्बौँको भौतिकपूर्वाधारको क्षति, गाउँगाउँ बस्ती बसै बगर बनेको क्षति , खबौँकाविद्युत गृहहरुको सर्वनासपछि कसरी क्षतिपूर्ति होलात्यसको ? त्यसैले केही अरब डलरको फाइदाकालागिप्रशस्तकार्बन उत्सर्जन हुने उद्योग सञ्चालन गरेका देशहरु किन अब हामीत्यसो गर्दैँनौँ र तातोपन घटाउनका लागि सहयोगी हुन्छौँ भन्दैनन््? अझ कतिपय देशहरु त ती सन्धी सम्झौता नै नमान्ने भनेर आपूmलाई अलग राखेका छन् । हामी जस्ता हिमालयको छानामुनि बस्ने, समुद्रको तटीय क्षेत्रमा बस्नेहरुका लागि र कृषि, मत्स्यपालनका भरमाजीवनचलाउनेहरुकालागिअबकादिनहरु कुनै पनिदिनभयावह छन् जस्तो कि शरीमा बम बोकेर हिँडेजस्तै ।
जलवायु न्यायकालागिहामीजस्ता देशहरुले नयाँ रणनीति नअपनाउने हो भने भावीदिन अझ समस्याग्रस्त हुनेछन् र हाम्रो कामभनेको गुनासो गर्ने र जलवायु परिवर्तनको मार भोग्नेमात्रहुनेछ ।
२. नेपालीकांग्रेसमा अझ एकताको खाँचो
एउटा महाधिवेशनयहीअसोजमाहुने, अर्को महाधिवेशनआगामीमंसिरमाहुने । कस्तो विडम्बना ?मुलुकको प्रजातान्त्रिकआन्दोलन हाँक्नेहरुले आफ्नो दलमाएकता गर्न नसकेर दुईवटा महाधिवेशन एउटै पार्टीको हुनलागेको लाजमर्नु कुरो । अझै समय छ, स्थानीयनिर्वाचनमुखैमाआएको छ , प्रदेशको निर्वाचनअर्कोवर्षको मध्यमाहुनेछ । यहीहो देश, अस्थिरता र अनिश्चयको भुमरीमा फसेको छ र कुनै पनिनिर्वाचनकुनै पनि बेला हुनसक्छ । मुलुकमा संघीयता रहने कि नरहने भन्ने विवाद सुरु भएको छ र संविधानओठेभक्तिमामात्र सबैले मानेका देखिन्छन् तर संविधानक्षतविक्षतपारिएको छ ।

स्वार्थमा संविधानकाआवश्यकव्याख्या गरिएको अवस्था छ । त्यस्तो बेलामा नेपालीकांग्रेसजस्तो दल आपसमामिल्ननसकेर दुईवटा महाधिवेशनको तयारीमा देखिन्छ । नीतिकथामाभारण्ड भन्ने हाँस थियो जसकादुईवटा मुखथिए एउटै शरीर थियो । एकदिन एउटा मुखले अमृत फल फेलापारेर एक्लै खायो, त्यसको रिसले अर्को मुखले अर्कोपटक विषफलपाएर एक्लै खायो किनभने अमृत फलपाउनेले बाँडेर खानमानेको थिएन र भनेको थियो, एउटै पेट हो, एउटै शरीर हो किन बेग्लै चाख्नु पर्छ र ?त्यही रिसले अर्को मुखले विषफलखायो र दुइटै मुखभएको त्यो शरीर मरेर गयो । त्यस्तो नहोस् भविष्यमा । नेपालको प्रजातान्त्रिकआन्दोलनको भविष्यकालागि सबैले लचिलो हुनु आवश्यक छ , कानुनी अड्चन र विवादले घरको समस्या सधैँ समाधानहुँदैन ।
३. डाक्टर सुरेशर।ज शर्माप्रतिश्रद्धाञ्जलि
डाक्टर सुरेशराजशर्माको निधनले नेपालीशिक्षाको क्षेत्रमा अपूरणीय क्षतिभएको छ । काठमाडौँ विश्वविद्यालयका संस्थापकउपकुलपतिमात्रहोइन, उहाँ एउटा असलनागरिक, शिक्षाप्रति सदैव चासो राख्ने र आफूले सकेको काम गरिरहने शान्तियोद्धा हुनुहुन्थ्यो । ८६वर्षको उमेरसम्म पनिमुलुकको असलशिक्षाकालागिअनवरत लागिरहनु भएको थियो । त्यस्तो असलमानिस हामीबाट खोसिनु नै हाम्रालागि ठुलो क्षतिहो । त्यो असलमानिसकाप्रतिश्रद्धासुमन । परिवारका सदस्यहरुमासहवेदनाव्यक्तगर्दै यो पीडा सहने क्षमताउहाँहरुमाप्राप्तहोस् ।(नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १३, १०: १०

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १३, १०: १०

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १३, १०: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...