विधुत ट्रान्सफर्मरमा समस्या आएर मात्रै बत्ती झापझाप गएको होः कुलमान घिसिङ – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

विधुत ट्रान्सफर्मरमा समस्या आएर मात्रै बत्ती झापझाप गएको होः कुलमान घिसिङ

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्सफर्मरहरूमा समस्या आएका कारण बिजुली गइरहने समस्या भइरहेको बताएका छन । प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख घिसिङले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको र ट्रान्सफर्मरहरूमा समस्या आएका बिजुली गइरहने समस्या भइरहेको बताएका हुन् ।

त्यस्तै प्रमुख घिसिङले पानी परेका बेला ट्रान्सफर्मरमा केही समस्या देखिएको र अहिले उक्त समस्या समाधान भइसकेको जानकारी दिएका थिए । अबको केही समयमा काठमाडौँ उपत्यकामा ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सकिने घिसिङले बताए ।

जाडो बढेपछि काठमाडौं उपत्यकामा बिधुतको खपत बढेको बताए । उनले बेलुका पिक आवरमा विधुत लोड करिब १७ सय मेगावाट रहेको र बिहानको समयमा करिब साढे १५ सयदेखि १६ सय मेगावाट विधुत लोड भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७८ पुष १६, १६: ५२

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७८ पुष १६, १६: ५२

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०७८ पुष १६, १६: ५२

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...