
नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३ रानीवारीका ४३ वर्षीय अञ्जु थापामगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापामगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका ५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवाका ३९ वर्षीय सन्दीप पटेल, धादिङ नीलकण्ठ नगरपालिका ११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौँ महानगरपालिका–१३ का ४९ वर्षीय सुदन शाक्य र धादिङ नीलकण्ठ नगरपालिका ११ का २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले लागूऔषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
यही साउन ७ गते ५०० ग्राम कोकिनसहित चार जनालाई पक्राउ गरेको ब्यूरोले उक्त सूचनाका आधारमा थप नौ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले गोरखाका सुरज गुरुङलाई चितवनबाट पक्राउ गरे पनि उनले काठमाडौँको तारकेश्वरमा कोकिन लुकाएर राखेको अनुसन्धानमा खुल्न आएको थियो ।
उक्त अनुसन्धानका आधारमा प्रहरीले सुरजसँग ६८३ ग्राम कोकिन र नगद रु तीन हजार ५७५ बरामद गरेको छ ।
यस्तै, ३२९ ग्राम कोकिन र नगद रु सात लाख ५० हजारसहित अञ्जुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...